युनिक नेपाल वर्दियाले राख्यो ‘थारु साहित्यिक प्रतियोगिता २०७४’

काठमाडौं, वैशाख २९ गते । युनाइटेड युथ कम्युनिटी (युनिक नेपाल) वर्दियाले विभिन्न चार विधामा थारु साहित्यिक प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

सो संस्थाको २२ औं वार्षिकोत्सवको अवसरमा जेठ १८ गते कार्यक्रम हुने सो संस्थाका सन्तराम धारकटुवाले जानकारी दिनुभयो । विभिन्न चार विधा कथा (बटकोही), निवन्ध, कविता र गजलमा प्रतियोगिता गराइने संस्थाले बताएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई पाँचहजार, दोस्रोलाई तीनहजार र तेस्रोलाई दुईहजार रुपियाँ नगद पुरस्कार प्रदान गर्ने संस्थाले बताएको छ । प्रतियोगिताका संयोजक धरकटुवाकाअनुसार थारु साहित्यकारहरुलाई रचनाका लागि आव्हान गरिएको छ ।

उहाँकाअनुसार कथा (बटकोही) र निवन्धलाई बढीमा दुई हजार शब्द, कविताकालागि एकसय पचास र गजलका लागि एकसय २५ शब्दसम्मको रचना पठाउने सीमा तोकिएको छ । थारु साहित्यको संरक्षण, प्रवद्र्धन र रचना संकलन तथा प्रकाशन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको धरकटुवाले बताउनुभयो ।

प्रतियोगिताका लागि संकलन हुने रचनालाई पछि पुस्तकाकारको रुपदिने संयोजक धरकटुवाले जानकारी गराउनुभयो । उहाँकाअनुसार जेठ १५ गतेसम्म साहित्यकारले रचना पठाइसक्नुपर्ने छ । रचना थारु भाषामै हुनुपर्ने र एकजनाले एउटा विधामा मात्र रचना पठाउन मिल्नेछ ।

तपाईको प्रतिक्रिया