निर्वाचन अवधिभर चार घेरामा सुरक्षा सतर्कता, ढुक्क हुन आग्रह


काठमाडौं, बैशाख ३० गते । गृहसचिव लोकदर्शन रेग्मीले आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूराभएको बताउनुभएको छ ।

शनिबार यहाँ आयोजित कार्यक्रममा सचिव रेग्मीले सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गराउने भन्दै ढुक्क भएर मतदानमा भाग लिन आग्रह गर्नुभयो । निर्वाचनका लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएको उहाँले तर्क गर्नुभयो । निर्वाचनमा गृह प्रशासनले रातदिन नभनी कामगर्ने बताउनुभयो ।

सचिव रेग्मीले निर्वाचनलाई लक्षित गरेर केन्द्रिय, क्षेत्रिय र स्थानीय सुरक्षा योजना अन्तर्गत नै गृह प्रशासनले काम गरिरहेको उहाँले बताउनुभयो । सचिव रेग्मीले भन्नुभयो, ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाईनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान तथा अन्तिम घेरामा सुरक्षाकालागि नेपाली सेनाले निगरानी राख्नेछ ।’

नेपाल प्रहरीको मोवाइल टिम, सशस्त्रको मोबाईल टिम, त्यसैगरी नेपाल प्रहरीको स्ट्राईक टिम र सशस्त्र प्रहरीको स्ट्राईक टिम खटाईने सरकारको निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै नेपाली सेनाले स्थलगत निरिक्षण गर्ने र अतिसम्वेदनशील स्थानहरुमा हवाईजहाजमार्फत नेपाली सेनालाई खटाउने व्यवस्था भएको सचिव रेग्मीले बताउनुभयो ।

नेपाली सेनाले स्थलगत निरिक्षण गर्ने र अतिसम्वेदनशील स्थानहरुमा हवाईजहाजमार्फत नेपाली सेनालाई खटाउने व्यवस्था भएको सचिव रेग्मीले बताउनुभयो ।

निर्वाचन विथोल्ने भनेर केही शक्तिले चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाको सचिव रेग्मीको भनाई छ । विभिन्न ठाउँमा कारवाही र सुरक्षा सतर्कता बढाएको उहाँले बताउनुभयो । नागरिक समाज, प्रवुद्ध व्यक्तिहरु, मिडिया र सचेत नागरिकको निरन्तर सहयोग, सद्भाव र समर्थनले नै गृह प्रशासन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सचिव रेग्मीले नेपालको भौगोलिक अवस्थाकाकारण कतिपय ठाउँमा भीर, पाखा र डाँडाकाँडा भएकोले गृहप्रशासनले सुरक्षा चेकजाँच केन्द्र समेत राख्ने व्यवस्था मिलाएको बताउनुभयो । नेपाल सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफलरुपमा सम्पन्न गर्न लागिपरेको रेग्मीले बताउनुभयो ।

सचिव रेग्मीले निर्वाचन एक किसिमको महायज्ञ भएको बताउँदै मतदानमा भाग लिन सबैलाई आग्रह गर्नुभयो । निर्वाचन विथोल्न खोज्नेहरुलाई सरकारले आवश्यक कारवाही गर्ने र गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । निर्वाचन विथोल्ने मनसायले केही ठाउँमा सामान्य घटना घटेपनि ठूलो घटना नघटेको उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया