तयारी पूरा, ‘राष्ट्रकालागि एकदिन योगदान दिउँ’ निर्वाचन आयोग


लक्की चौधरी
काठमाडौं, वैशाख ३० गते । निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी पूराभएको र भरपर्दो सुरक्षा व्यवस्था गरिएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आव्हान गरेको छ ।

आयोगले शनिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सो आव्हान गरेको हो । ‘मतदानमा भाग लिनु भनेको संविधानको कार्यान्वयन गर्नु हो’ भन्दै आयोगले लामो समयपछि आएको मतदान अधिकारलाई वहन गर्न एकदिन राष्ट्राका लागि योगदान दिन सबैमा अपिल गरेको छ ।

आयोगबाट वितरण गरिएको परिचयपत्रको आधारमा तोकिएकै मतदान केन्द्रमा मतदान गर्न पाइने प्रष्ट पार्दै आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले परिचयपत्र हराएमा वा प्राप्त हुन नसकेमा परिचयखुल्ने आधिकारीक सरकारी कागजातको आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरिएको बताउनुभयो ।

“नागरिकताको प्रमाणपत्र, २०७० सालको निर्वाचनमा आयोगबाट जारीभएको मतदान परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपूर्जा, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य आधिकारीक परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ”, प्रमुख निर्वाचन आयुक्त डा. यादवले जनकारी गराउनुभयो ।

“नागरिकताको प्रमाणपत्र, २०७० सालको निर्वाचनमा आयोगबाट जारीभएको मतदान परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपूर्जा, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य आधिकारीक परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ”, प्रमुख निर्वाचन आयुक्त डा. यादवले जनकारी गराउनुभयो ।

मतदाता परिचयपत्रमा सामान्य भूलचुक भएमा नागरिकताको फोटोकपीलाई मुख्य आधार मानी निर्वाचन प्रक्रियामा भाग लिनदिन सबै निर्वाचन अधिकृतहरुलाई आयोगकोतर्फबाट सूचित गराइएको पनि निर्वाचन आयोगले जानकारी गराएको छ । मतदाताको नामसूची भएको मतदानकेन्द्रमा गएर मतदानमा भाग लिन पाइने बताउँदै डा. यादवले नामसूची नरहेको अन्यत्र मतदान केन्द्रबाट कसैलाई पनि मतदान गर्न छुट नरहेको प्रष्ट पार्नुभयो ।

निर्वाचनलाई निश्पक्ष, भयरहित, स्वतन्त्र र मर्यादित बनाउन सबैले निर्वाचन आचारसंहिताको अक्षरसः पालाना गर्न आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिता उल्लंघन गर्नेलाई कानूनबमोजिम कारवाही हुने बताउनुभयो । अपाङ्गता भएका, सुत्केरी, गर्भवती भएका, अशक्त, ज्येष्ठनागरिक, विरामीकालागि अलग मतदान लाइनको छुट्टै विशेष व्यवस्था गरिएको आयोगले बताएको छ । त्यस्तै, महिला र पुरुषकालागि पनि अलग अलग लाइनको व्यवस्था गरिएको आयोगको भनाई छ ।

मतदान प्रक्रिया सम्पन्न भएपछि नियमाअनुसार मतगणना कार्यक्रम पनि तत्काल शुरुहुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।

आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास आयोगले गरेको छ । मतदान प्रक्रिया सम्पन्न भएपछि नियमाअनुसार मतगणना कार्यक्रम पनि तत्काल शुरुहुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।

आयोगकाअनुसार आइतबार ३४ जिल्लाको छ हजार छसय ४२ मतदान केन्द्रमा निर्वाचन हुँदैछ । त्यसकालागि कुल ४९ हजार ३३७ उम्मेदवार प्रतिस्पर्धामा छन् । सोमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन् । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा आइतबार निर्वाचन हुँदैछ ।

आइतबारको निर्वाचनबाट अध्यक्ष वा नगरप्रमुख २८३ जना, त्यतिकै संख्यामा उपाध्यक्ष वा उपप्रमुख निर्वाचित हुन गइरहेका छन् । त्यस्तै, पहिलोचरणको निर्वाचनबाट दुईहजार ५९८ जना वडाअध्यक्ष पनि निर्वाचित हुँदैछन् । आयोगकाअनुसार प्रमुख वा वडाअध्यक्षमा कुल एकहजार ७२३ पुरुष, १५७ महिला गरी एकहजार ८८० प्रतिस्पर्धामा छन् भने उपाध्यक्ष वा उपप्रमुखमा २५७ पुरुष, एकहजार १२७ महिला गरी कुल एकहजार ३४८ जना प्रतिस्पर्धामा छन् ।

आयोगकाअनुसार अहिलेसम्म ३२९ जना निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसमध्ये १६९ जना पुरुष र १६० महिला छन् ।

त्यस्तै, वडा सदस्य दुई पद खुलाका लागि १७ हजार ७२९ पुरुष र ९५१ महिला, अन्य वडा सदस्य पदमा नौहजार ८३ जना र दलित महिला वडा सदस्यमा सातहजार ५२६ जना उम्मेदवारी दिएको निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगकाअनुसार अहिलेसम्म ३२९ जना निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसमध्ये १६९ जना पुरुष र १६० महिला छन् ।

पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ जना मतदाताले निर्वाचन प्रक्रियामा सहभागी भइरहेको आयोगले जनाएको छ । निर्वाचनमा ४९ संस्थाका पर्यवेक्षकहरुले निर्वाचनको अनुगमन गर्ने आयोगको भनाई छ । यस निर्वाचनबाट महिला, दलित, सिमान्तकृत वर्ग, मधेसी र पछाडिपरेका वर्गको अधिकार सुनिश्चित हुन गइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था अपनाइएकाले कसैको डर, त्रास, धम्की, लोभ लालचमा नआउन मतदातामा आग्रह गर्नुभएको छ । निश्पक्ष र स्वतन्त्रपूर्वक मताधिकारको सदुपयोग गर्न उहाँले पत्रकार सम्मेलनमार्फत सबै मतदाताहरुमा अपिल गर्नुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यम लगायत सबै क्षेत्रलाई भूमिका खेल्न निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचनकालागि मित्रराष्ट्र देशको समेत सहयोग र सद्भाव रहेकोभन्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले धन्यवाद ज्ञापन गर्नुभयो ।

पहिलोचरणको निर्वाचन वैशाख ३१ गते आइतबार सम्पन्न हुँदैछ भने दोस्रोचरणको निर्वाचन जेठ ३१ गते बाँकी ४१ जिल्लामा हुनेछ ।

मतपत्र झन्झटिलो र अपर्याप्त मतदाता शिक्षाकाकारण मत वदर संख्या बढ्नसक्ने पत्रकारको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त डा. यादवले छोटो समयावधमिा सकेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको तर सोचेकोजस्तो प्रभावारी हुन नसकेको स्वीकार गर्नुभयो । तर सबैको सहयोगमा मत वदरसंख्या घटाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । आचारसंहिताको मन्त्रीसहित राजनीतिक दलका नेता कार्यकर्ताबाटै व्यापक उल्लंघन भएको पत्रकारको अर्को जिज्ञासाको जवाफमा डा. यादवले भन्नुभयो, “शतप्रतिशत कार्यान्वयन त कहीं कतै हुँदैन हुनसक्दैन, पत्रकारले पनि कहाँ गरेको छ र ?”

निर्वाचनलाई सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण रहने हुनाले अतिरञ्जित ढंगले समाचार प्रकाशन प्रशारण नगर्न उहाँले मिडियाकर्मीसँग आग्रह गर्नुभयो । पहिलोचरणको निर्वाचन वैशाख ३१ गते आइतबार सम्पन्न हुँदैछ भने दोस्रोचरणको निर्वाचन जेठ ३१ गते बाँकी ४१ जिल्लामा हुनेछ ।

तपाईको प्रतिक्रिया