पक्राउ परेका थारुलाई सरकारले तत्काल छाड्नुपर्छः नेता लेखी


कुलदिप चौधरी
सुनसरी, बैशाख ३१ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकुमार लेखीले आन्दोलनका क्रममा थुनामा परेका थारुलाई तत्काल सरकारले विना शर्त रिहाई गर्नुपर्ने बताउनुभएको छ ।

सुनसरिको झुम्कामा थारु पत्रकार संघ नेपाल जिल्ला शाखा सुनसरीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता लेखीले त्यस्तो बताउनु  भयो । घाइतेहरुको निःशुल्क उपचार र मृतकलाई शहिद घोषणा गरी राजनीतिक वातावरण बनाउन उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यक्रममा बिभिन्न संचारकर्मी, समाजसेवि, राजनीतिकदल, र सरोकारवालाहरुसँग अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन भएको हो ।

घाइतेहरुको निःशुल्क उपचार र मृतकलाई शहिद घोषणा गरी राजनीतिक वातावरण बनाउन उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

भेटघाट कार्यक्रममा अहिलेको परिवेसमा चर्चामा आएका थारुनेता राष्ट्रिय जनता पाट्रिका महासचिव राजकुमार लेखिले राजनीतिक सचेतना अभियान सुरुगरेको वताउनुभयो । मधेशि नेताहरुको विरोध गर्ने लेखिले मधेसि पार्टीमै आवद्घ भएर यतिवेला चर्चामा छन् ।

वि.स. २०४६ सालमा थारु कल्याणकारिणिसभाको सदस्य वनेका लेखिले हाल थाकसका प्रशिक्षण विभाग प्रमुख भएर जिम्मेवारी सम्हालि रहनुभएको छ । भेटघाटमा नेता लेखीले विनाकसुर थुनिएका थारु राजबन्दीलाई तत्काल सरकारले छोडनु पर्ने बताउनुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणि सभाका केन्दि«य सल्लाहकार तथा थारु कानून ब्यवसायिसभाका केन्दि«य अध्यक्ष रामराज चौधरी, थाकसका जिल्ला अध्यक्ष शुशिला चौधरी, थारु महिला उत्थान समाजका अध्यक्ष सिता चौधरी, समाजसेवि केशिलाल चौधरी, आदिवासि जनजाति महासंंघका पुर्व उपाध्यक्ष तेजनारायण चौधरी, फोनिज सुनसरीका अध्यक्ष धिरेन्द« चौधरी, थाकसका ईनरुवा नगरअध्यक्ष मोहिनारायण चौधरी, सिता कु.चौधरी, आशा चौधरी लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया