निर्वाचनमा सहभागीता उत्साहजनक, मतगणना आजैबाट शुरुहुने


काठमाडौं, वैशाख ३१ गते । स्थानीय तहको पहिलोचरणको निर्वाचनमा उत्साहजनक मतदाताको सहभागिता देखिएको छ । केही ठाउँमा सामान्य घटना बाहेक सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतगणना कार्य आजै साँझदेखि सुरुहुने जनाएको छ।

मतदानका लागि निर्धारित समय ५ बजेसम्म तोकिएको थियो । मतदान केन्द्रबाट स्थानीय तह केन्द्रमा मतपेटिका संकलन गरे लगत्तै सम्बन्धित दलहरुको सहमतिमा मतगणना सुरु गरिने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

‘निर्वाचन नियमावलीले सम्बन्धित निर्वाचन अधिकृतलाई सम्पूर्ण अधिकार दिएको छ। मतदान सकिए लगत्तै मुचुल्का उठाएर मतगणना शुरु हुन्छ शर्माले भने । सबै मतपेटिका संकलन गरेर दलहरुको सहमतिमा उनीहरुले आजैदेखि गणना सुरुगर्न सक्छन्’, उनले भने।

स्थानीय तह निर्वाचनको पहिलो चरणमा ३४ जिल्लामा मतदान भएको छ। आजको निर्वाचनमा ८० प्रतिशतसम्म मत खस्ने आयोगको अपेक्षा छ ।

आयोगले जारी गरेको मतगणना निर्देशिकाअनुसार एक—एक वडाको मतगणना गर्नुपर्नेछ। एउटा वडाको वडाअध्यक्ष, सदस्य, महिला सदस्य, दलित सदस्यको मतगणना भइसकेपछि अर्को वडामा सोहीअनुसार गणना गर्नुपर्ने हुन्छ।

हेर्नुहोस् फोटो फिचर

तपाईको प्रतिक्रिया