
सन्तकुमार थारु
चितवन, जेठ २ गते । चितवनको खैरहनी नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार लालमणी चौधरीको सम्भावना बढ्दैगएको छ ।
यो समाचार तयार पार्दासम्म उहाँको पक्षमा १ हजार २५ मत आएको छ । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीले ९ सय ७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयर पदमा पनि नेकपा एमालेका उम्मेदवार नै अगाडी छन् ।
अहिलेसम्म खैरहनीको सबै वडाहरुमा नेकपा एमाले नै अगाडि छ । यसअघि वडा नंं १ मा वडा अध्यक्षमा एमालेका उम्मेदवार भूमिप्रसाद कंडेलको प्यानल विजयी भइसकेको छ ।
एमालेका उम्मेदवार सुनिता थपलियाको पक्षमा ११ सय २५ मत छ । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार एकराज डल्लाकोटीको पक्षमा भने ८ सय ३० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रकै उपमेयर पदका उम्मेदवार रेवती उप्रेतीको पक्षमा जम्मा ३ सय ४८ मत छ ।
अहिलेसम्म खैरहनीको सबै वडाहरुमा नेकपा एमाले नै अगाडि छ । यसअघि वडा नंं १ मा वडा अध्यक्षमा एमालेका उम्मेदवार भूमिप्रसाद कंडेलको प्यानल विजयी भइसकेको छ ।
पहिलो संविधान सभाको निर्वाचनमा लालमणी चौधरी चितवन क्षेत्र नं. १ बाट सभासदमा निर्वाचित हुनुभएको थियो । सो सँगै गाउँपालिकाका अध्यक्ष भएरसमेत काम गरिसक्नुभएको अनुभव उहाँसँग छ । चौधरी शुरुदेखि लिड गर्दैआउनुभएको छ ।




