सन्तोष दहित
घोराही (दाङ), जेठ ३ गते । नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य एवम पार्टिका प्रमुख सचेतक सांसद योगेन्द्र चौधरीले दोस्रो चरणको स्थानियत तहको निर्वाचनअघि संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।
दाङको घोराहीमा बुधबार यहाँ जिल्ला पार्टीको कार्यालय उदघाटन गर्दै चौधरीले त्यस्तो बताउनु भएको हो । ‘सरकारसँग भएको सहमतिको आधारमा अव दोस्रो चरणको चुनाव अगाडि संविधान संसोधन हुनुपर्छ, चौधरीले भन्नुभयो, संविधान संसोधनविना दोस्रो चरणको चुनाव गर्न दिंदैनौं ।
सरकारले एक साताभित्रै संविधान संशोधन गर्ने बचन दिएकाले आफुहरु सरकारमा गएको चौधरीले खुलासा गर्नुभयो ।
आदिवासी जनजाति, मधेशी, थारुहरुको मागलाई सम्बोधनकालागि संविधान संशोधन गर्नुको विकल्प नरहेको समेत चौधरीले बताउनु भयो । यदि संविधान संसोधनविना दोस्रो तहको चुनाव भयो भने त्यसलाई असफल बनाउन हामी सबै लाग्नुपर्छ उहाँले भन्नुभयो ।
देशलाई दिगो शान्ति, स्थायित्व विकास र निकासकालागि संविधानको संशोधन आवश्यक रहेको बताउदै चौधरीले ठूला राजनीतिक पार्टीहरुले दोस्रोचरणको चुनाव अगाडि संविधान संसोधनमा सहमत हुने आफूलाई विश्वास रहेको उहाँले बताउनुभयो ।
टिकापुरको आन्दोलनमा झुठ्ठा मुद्दा लगाई त्यहाका सर्वसाधारण जनतालाई जेलमा हालिएको छ, उहाँहरुको विना शर्त रिहाइ हुनुपर्छ ।’
प्रचण्ड नेतृत्वमा रहेको सरकारले एक साताभित्रै संविधान संशोधन गर्ने बचन दिएकाले आफुहरु सरकारमा गएको चौधरीले खुलासा गर्नु भयो । सरकारले संविधान संशोधनमा आलटाल गरे कुनैपनिबेला आफ्नो पार्टी सरकारबाट बाहिरिने उहाँले चेतावनी दिनुभयो ।
एक अर्काे प्रसंगमा उहाँले भन्नुभयो,–कैलालीको टिकापुरमा भएको घटनालाई न्यायिक छानविन हुनुपर्छ ।, टिकापुरको आन्दोलनमा झुठ्ठा मुद्दा लगाई त्यहाका सर्वसाधारण जनतालाई जेलमा हालिएको छ, उहाँहरुको विना शर्त रिहाइ हुनुपर्छ ।’
नेपाल लोकतान्त्रिक फोरम दाङका अध्यक्ष शनिराम चौधरीको अध्यक्षामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तेजमान चौधरी, जिल्ला सदस्य पहलमान चौधरी लगायतले बोल्नुभएकोथियो ।