
फाइल तस्विर
दुष्यन्त चौधरी
बारा, जेठ ७ गते । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूले नै प्रहरीलाई चोर भनि लखेटदा तीनजना म्यादी प्रहरी घाइते भएका छन् ।
भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढमा राति करिब साढे दश बजे तस्करहरूले तस्करी गर्न बाटो सहज नभएका देखिएकाले तस्करहरूले नै प्रहरीलाई चोर चोर भनि लखेटेका थिए ।
प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्कर समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । तस्कर समुहले चोर चोर भनि ढुङ्गामुढा गरी लखेट्दा म्याद प्रहरी जयराम साह रौनियार , रामकिशोर साह र अनिलकुमार जैसवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताउनुभयो ।
म्यादी प्रहरी रौनियारको दायाँ खुट्टाको घुडा नै मडकिएका बारे प्रउ उप्रेतीले जानकारी दिनुभयो । घाइते भएका म्यादी प्रहरीलाई कलैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
प्रहरी उपरीक्षक उप्रेतीकाअनुसार तस्करी नियन्त्रण गर्ने प्रहरीलाई लखेटिएपछि तस्करी गर्न सहज हुने धारणाले सिम्रौनगढमा तस्कर समुहले प्रहरीलाई लखेट्ने , कुटपिट गर्ने गरेका छन् ।
म्यादी प्रहरी रौनियारको दायाँ खुट्टाको घुडा नै मडकिएका बारे प्रउ उप्रेतीले जानकारी दिनुभयो । घाइते भएका म्यादी प्रहरीलाई कलैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
प्रहरीमाथि ढुङ्गामुढा गर्ने दुईजना तस्करलाई प्रहरीले नियन्त्रणमा लिएका प्रहरी उपरीक्षक उप्रेतीले बताउनुभयो । प्रहरीमाथि ढुङ्गामुढा गर्ने मुखलाल मुखिया तथा हितेस मुखियालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
बारामा यस्ता घटनाहरू सेलाउन नपाउँदै घटिरहेका छन् । बारा जिल्लामा यसभन्दा अगाडि पनि सिम्रौनगढमा तस्करी गरी ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा बैशाख १५ गते प्रहरी र तस्करवीच दोहोरो झडप भएको छ । स्थिति नियन्त्रणममा लिनेक्रममा प्रहरीले तीन राउण्ड गोली चलाएका थिए । त्यसैगरी बैशाख ११ गते बाराकै धर्मनगरमा प्रहरी र तस्करको समूहबीच झडपहुँदा एक प्रहरी हबल्दारसहित तीन प्रहरी घाइते भएका थिए।




