खैरहनी नगरपालिका प्रमुखमा एमालेका लालमणी चौधरी निर्वाचित


सन्तकुमार चौधरी
चित्तवन, जेठ ८ गते । चितवनको खैरहनी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार लालमणी चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले ९ सय ८४ मतको अन्तरले मेयर पदमा बिजयी हुनुभएको हो । चौधरी एमालेका तर्फबाट पूर्वसभासद समेत हुन् । चौधरीले १० हजार ७ सय १७ मत मत प्राप्त गरी बिजयी हुनुभयो ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतकासाथ बिजयी हुनुभयो । मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र चौधरीले ९ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् भने उपमेयरमा कांग्रेसकै सुशीला उप्रेतीले ९ हजार ८ सय ८८ मत प्राप्त गरेकी छन् ।

नगरपालिकाका १३ वडामध्ये ७ वडामा एमाले र ६ वडामा कांग्रेसले जितेको छ । यो सँगै पूर्वी चितवनको चारैवटै नगरपालिकामा एमाले बिजयी बनेको छ । यसअघि पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मेयर पदमा एमालेका नारायण वन बिजयी भएका थिए ।

नगरपालिकाका १३ वडामध्ये ७ वडामा एमाले र ६ वडामा कांग्रेसले जितेको छ । यो सँगै पूर्वी चितवनको चारैवटै नगरपालिकामा एमाले बिजयी बनेको छ ।

उपमेयरमा विमला दुवाडी विजयी भएकी थिइन । यस्तै कालिका नगरपालिकामा एमालेकै खुमनारायण श्रेष्ठ मेयर पदमा निर्वाचित भए भने उपमेयरमा एमालेकै कमला भट्टराई निर्वाचित भईन् । यस्तै पूर्वी चितवनकै राप्ती नगरपालिकामा एमालेकी प्रभाव बराल मेयर पदमा बिजय भएकी छिन् ।

उपमेयरमा एमालेकै इमानसिंह लामा बिजयी भएका छन् । उता चितवनको माडीमा मेयर पदमा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भए भने नेकपा एमालेकी ताराकाजी कुमारी चौधरी उपमेयरमा निर्वाचित भएकी छिन् । यस्तै इच्छाकामना गाउँपालिकामा भने नेपाली काँग्रेस बिजयी भयो ।

गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी गीता गुरुङ विजयी भइन । उप प्रमुखमा पनि नेपाली काँग्रेसकै कीर्तिकुमार श्रेष्ठ बिजयी भए । भरतपुर महानगरपालिकाको नतिजा भने आउन अझै केही दिन लाग्ने छ ।

तपाईको प्रतिक्रिया