काठमाडौं, जेठ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्दै नेपाली काँग्रेससँग भएको पूर्वसहमति अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
केही समयअघि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्र्पति समक्ष भेटेर राजीनामा पत्र बुझाउने बताउनुभएको छ ।
नेपाली कांग्रेस तथा केही साना दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो । कांग्रेस र माओवादी केन्द्रबीच दुबै पार्टीले आलोपालो सरकार चलाउने सहमति भएको थियो ।
नेपाली कांग्रेस तथा केही साना दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो । कांग्रेस र माओवादी केन्द्रबीच दुबै पार्टीले आलोपालो सरकार चलाउने सहमति भएको थियो ।
सम्बोधनका क्रममा उहाँले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको दावी गर्नुभयो ।
प्रमुख प्रतिपक्षीदलले व्यवस्थापिका संसद चल्न नदिने भन्दै अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयबाटै देशबासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो । एमालेले दोस्रो चरणको निर्वाचन पनि प्रचण्ड नेतृत्वकै सरकारले गराउनुपर्ने माग गर्दैआएको थियो ।