कुलदिप चौधरी
सुनसरी जेष्ठ २५ गते । थारु कानून व्यावसायी सभा सप्तरीको अध्यक्षतामा अधिवक्ता रामप्रसाद चौधरी चयन हुनुभएको छ । यहाँ भएको सभाको भेलाले सर्वसम्मतरुपमा ११ सदस्यीय सप्तरी कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा द्वारिकलाल चौधरी, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा पार्वतीकुमारी चौधरी चयन हुनुभयो । त्यस्तै, सदस्यमा क्रमशः कर्मचन्द्र चौधरी, विरेन्द्र चौधरी, मिष्टर चौधरी, ओमप्रसाद चौधरी, इन्द्रकान्त चोधरी, अजयकुमार चौधरी र कल्याणी चौधरी सर्वसम्मत हुनुभयो । त्यस्तै, सल्लाहकारमा शिवकुमार चौधरी, हेमनारायण चौधरी, दुर्गानन्द चौधरी, तेजनारायण चौधरी र देवनारायण चौधरी रहनुभएको छ ।
सभाको केन्द्रीय अध्यक्ष रामराज चौधरीको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष चौधरीले थारु समुदायमाथि अन्याय अत्याचार भएको हुनाले सविधानमा थारुहरुको हक अधिकार उल्लेख गराउन आवश्यक रहेको बताउनुभयो ।