लक्की चौधरी
काठमाडौं, जेठ २९ गते । नेकपा (एमाले) ले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि क्षेत्र नं. ५ का सबै १२ वटै जिल्लाका उम्मेदवारको टुङ्गो लगाएको छ । जसमा २२ जना थारु उम्मेदवार बनेका छन् ।
एमालेको निर्णयअनुसार उपमहानगरपालिका, नगरपालिकाका प्रमुखमा ४ जना, उपप्रमुखमा ५ जना, गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना थारु उम्मेदवार तय भएका छन् ।
पार्टीको सम्बन्धित कमिटीहरुको सिफारिसमा प्रदेश संगठन कमिटी र स्थायी कमिटीको निर्णयबाट प्रमुख, उपप्रमुखसहित करिब सबै उम्मेदवारको टुंगो लागेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
एमालेले नवलपरासी जिल्लाको सरावल गाउँपालिका अध्यक्षमा प्रल्हाद पासवान र उपाध्यक्षमा पानमती चौधरी फौजदारलाई उम्मेदवार बनाएको छ । त्यस्तै, पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा सुरेश तेली, उपाध्यक्षमा सकुन्तलादेवी पटनवार, प्रतापपुर गाउँपालिका अध्यक्षमा दुधनाथ गुप्ता र उपाध्यक्षमा मिनाकुमारी कक्षपति, सुस्ता गाउँपालिका अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा इन्द्रकुमारी थरुनीलाई उम्मेदवार बनाएको सचिव भट्टराईले बताउनुभयो ।
त्यस्तै, बर्दघाट नगरपालिका प्रमुखमा धीरज शर्मा (बस्याल) र उपप्रमुखमा माया पौडेल, सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल र उपप्रमुखमा दधिराम अर्याल, रामग्राम नगरपालिका प्रमुखमा उमाशंकर चौधरी र उपप्रमुखमा उमा यादवलाई उम्मेदवार बनाइएको सचिव भट्टराईले बताउनुभयो ।
सोहीअनुसार रुपन्देही जिल्लाको बुटवल उपमहानरपालिका प्रमुखमा शिवराज सुवेदी र उपप्रमुखमा गोमा आचार्य, देवदह नगरपालिका प्रमुखमा टीकाराम चापागाई र उपप्रमुखमा विद्या गुरुङ, तिलोत्तमा नगरपालिका प्रमुखमा वासुदेव घिमिरे र उपप्रमुखमा जागेश्वरी चौधरी, सैनामैना नगरपालिका प्रमुखमा चित्रबहादुर केसी र उपप्रमुखमा विना रानामगरलाई उम्मेदवारी बनाउने निर्णय एमालेले गरेको छ ।
त्यस्तै, ओमसतीया गाउँपालिका अध्यक्षमा ईन्द्रजीत यादव, उपाध्यक्षमा राजकुमारी चौधरी, रोहिणी गाउँपालिका अध्यक्षमा नरसिंह चौधरी र उपाध्यक्षमा अनिता हरिजन, सिद्धार्थनगर नगरपालिका प्रमुखमा हरि अधिकारी र उपप्रमुखमा उमा काफ्लेलाई उम्मेदवार बनाएको सचिव भट्टराईले जानकारी दिनुभयो ।
सचिव भट्टराईकाअनुसार मायादेवी गाउँपालिका अध्यक्षमा रामचन्द्र यादव र उपाध्यक्षमा द्रौपदी चौधरी, मर्चवारीमाई गाउँपालिका अध्यक्षमा कमलेश यादव र उपाध्यक्षमा वृन्दा गौण, सम्मरीमाई गाउँपालिका अध्यक्षमा सुभान मुसलमान र उपाध्यक्षमा रेश्मी धोवीलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, कोटहीमाई गाउँपालिका अध्यक्षमा विद्याञ्चल यादव र उपाध्यक्षमा गंगादेवी ठटेर, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा ईन्साफ मुसलमान र उपप्रमुखमा गोमा गुरुङ, गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्रकुमार पौडेल र उपाध्यक्षमा कलावती जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा गोकर्ण क्षेत्री र उपाध्यक्षमा गोमा तरामु, शुद्धोधन गाउँपालिका अध्यक्षमा किसुनचन चौधरी र उपाध्यक्षमा शान्ता ज्ञवाली, सियारी गाउँपालिका अध्यक्षमा अयोध्या चौधरी र उपाध्यक्षमा अमृता गुरुङलाई एमालेले उम्मेदवार बनाएको छ ।
सचिव भट्टराईकाअनुसार कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका प्रमुखमा विमला घिमिरे र उपप्रमुखमा चक्रपाणी अर्याल, बुद्धभूमि नगरपालिका प्रमुखमा रुपेश श्रेष्ठ र उपप्रमुखमा मञ्जु चौधरी, शिवराज नगरपालिका प्रमुखमा नेत्रराज अधिकारी र उपप्रमुखमा शिवकुमारी चौधरीलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, कृष्णनगर नगरपालिका प्रमुखमा सुशील श्रीवास्तव, उपप्रमुखमा सपुरन निशा, महारागञ्ज नगरपालिका प्रमुखमा मैराज खानलाई उम्मेदवारी बनाएको भएपनि उपप्रमुखको टुंगो लाग्न बाँकी छ ।
सोहीअनुसार कपिलवस्तु नगरपालिका प्रमुखमा आजाद अहमद दर्जी, उपप्रमुखमा सरिता आचार्य, विजयनगर गाउँपालिका अध्यक्षमा गोपाल थापालाई उम्मेदवार बनाए पनि उपाध्यक्षको टुंगो लाग्न बाँकी रहेको सचिव भट्टराईले बताउनुभयो ।
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य, घोराही उपमहानगरपालिका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने
त्यस्तै, यशोधरा गाउँपालिका अध्यक्षमा हरम सरिफ मुसलमान, उपाध्यक्षमा साधिका यादव, मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिम र उपाध्यक्षमा राधेश्याम कुर्मी, शुद्धोधन गाउँपालिका अध्यक्षमा अब्दुल मुजिम खाँ र उपाध्यक्षमा राधिका यादवलाई एमालेले उम्मेदवार बनाएको छ ।
सोहीअनुसार दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य, घोराही उपमहानगरपालिका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने, ववई गाउँपालिका अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्मा, शान्तिनगर गाउँपालिका अध्यक्षमा विष्णुबहादुर केसी र उपाध्यक्षमा खिमा पाण्डेलाई उम्मेदवार बनाइएको सचिव भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै, दंगीशरण गाउँपालिका अध्यक्षमा भागीराम चौधरी र उपाध्यक्षमा सीमा न्यौपाने, वंगलाचुली गाउँपालिका अध्यक्षमा गिरबहादुर कुँवर र उपाध्यक्षमा तारा थापा, राप्ती गाउँपालिका अध्यक्षमा खिमबहादुर केसी, उपाध्यक्षमा हिमानी न्यौपाने, गढवा गाउँपालिका अध्यक्षमा सहजराम यादव र उपाध्यक्षमा शान्ति चौधरीलाई उम्मेदवार बनाइएको एमालेले बताएको छ ।
सोहीअनुसार राजपुर गाउँपालिका अध्यक्षमा कुलराज गिरी, उपाध्यक्षमा सीता यादव, लमही नगरपालिका प्रमुखमा कुलबहादुर केसी र उपाध्यक्षमा मीना गुरुङलाई उम्मेदवार बनाएको सचिव भट्टराईले बताउनुभयो ।
त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा समसुद्दिन सिद्धिकी, उपप्रमुखमा शान्तिदेवी ढकाल, नरैनापुर गाउँपालिका अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा सुनितादेवी यादव, राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तुलसीराम थारु र उपाध्यक्षमा चमेली वाकवललाई उम्मेदवार बनाएको छ ।
सोहीअनुसार वैजनाथ गाउँपालिका अध्यक्षमा मानबहादुर रुचाल, उपाध्यक्षमा शारदा रेग्मी विश्वकर्मा, खजुरा गाउँपालिका अध्यक्षमा किस्मतकुमार कक्षपति र उपाध्यक्षमा एकमाया विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको सचिव भट्टराईले बताउनुभयो ।
राजापुर नगरपालिका प्रमुखमा पाहारी थारु, उपप्रमुखमा कृष्णी थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, डुडुवा गाउँपालिका अध्यक्षमा सकिल अहमद खाँ, उपाध्यक्ष कृष्णावती पाण्डे, जानकी गाउँपालिका अध्यक्षमा रामनिवास यादव, उपाध्यक्षमा भूमिसरा धिताललाई उम्मेदवार बनाएको छ । त्यस्तै, कोहलपुर नगरपालिका प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णाकुमारी चौधरीलाई उम्मेदवार बनाएको एमालेले जनाएको छ ।
सचिव भट्टराईकाअनुसार वर्दियाको गुलरिया नगरपालिका प्रमुखमा हरिप्रसाद ज्ञवाली, उपप्रमुखमा टीका सम्सेली, मधुवन नगरपालिका प्रमुखमा दुर्गाबहादुर ओली र उपप्रमुखमा हिरा चौधरी, राजापुर नगरपालिका प्रमुखमा पाहारी थारु, उपप्रमुखमा कृष्णी थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, बारवर्दिया नगरपालिका प्रमुखमा रामबहादुर चौधरी र उपप्रमुखमा पुष्पा ओली, ठाकुरबाबा नगरपालिका प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा विना भट्टराईलाई एमालेले उम्मेदवार बनाएको छ ।
सोहीअनुसार बाँसगढी नगरपालिका प्रमुखमा शालिकराम अधिकारी, उपप्रमुखमा सुष्मा चौधरी, बढैयाताल गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा गौतमलाई उम्मेदवारी बनाएको छ । सोहीअनुसार गेरुवा गाउँपालिका अध्यक्षमा नुतनकुमार थारु र उपाध्यक्षमा मञ्जु शर्माले टिकट पाएका छन् ।