काठमाडौं, जेठ ३० गते । नेकपा (एमाले) का पोलिट्व्यूरो सदस्य लालबाबु पण्डितले असार १४ मा हुने निर्वाचनमा पनि एमाले तराई मधेसमा पहिलो शक्तिकोरुपमा आउने दावी गर्नुभएको छ ।
भन्नेहरुले एमाले तराई मधेसमा कमजोर छ भने पनि त्यो सतही विश्लेषण भएको भन्दै उहाँले निर्वाचन पछि एमालेको नतिजा देखेर अन्य दलहरु ढल्ने छन् उहाँले भन्नुभयो । निर्वाचनकालागि जनताहरु तयार रहेकाले विरोध र आन्दोलनले केही फरक नपर्ने उहाँको भनाई छ ।
अहिले निर्वाचन बिथोल्ने प्रयासस्वरुप निर्वाचन बहिष्कारका कुरा आएको भन्दै त्यस्ता शक्तिहरु निर्वाचनपछि आफैँ हराएर जाने उहाँले दाबी गर्नुभयो । ‘नेपालमा अस्थिरता मच्चाउन खोज्ने विदेशी शक्तिको गोटी बन्नेहरुकाकारणले समस्या भएको छ उहाँलेको तर्क छ ।
देशमा राजनीतिक स्थिरता ल्याउनका लागि सबैभन्दा पहिला संविधान कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि तीन तहका निर्वाचन सम्पन्न हुुनुपर्छ, नेता पण्डतले भन्नुभयो ।