राम दहित
धनगढी, जेठ ३१ गते । नेपाल लोकतान्त्रिक फोरम पार्टीको कैलालीमा टिकट वितरणको क्रममा विवाद देखिएको छ । केन्द्रले एकलौटी आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तीन घण्टा तालाबन्दी गरी धर्ना दिएका छन् ।
जिल्ला अध्यक्षसहितका पार्टी कार्यालयमा बैठक बस्दै गरेको अवस्थामा उहाँहरुलाई तीन घण्टा कोठामा थुनी धर्नामा बसेका हुन । भजनी नगरपालिकाका उपमेयरका आकांक्षी रामकुमारी चौधरी, घोडाघोडी नगरपालिकाका मेयरका प्रत्यासी योगेन्द्र विष्ट, धनगढी उपमहानगरपालिकाका उपमेयरका आकांक्षी शिवराज गुरुङको अगुवाईमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो ।
भजनी नगरपालिकाका उपमेयरका आकांक्षी उम्मेदवार रामकुमारी चौधरी पार्टी एकलौटीरुपमा टिकट वितरण गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको थियो । पार्टीभित्र कुनै सल्लाह नगरि आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको निर्णय भएकोले आफुले टिकट नपाएसम्म संघर्ष गर्ने बताउनुभयो ।
जानकी गाउँपालिका–५ मा आफुलाई टिकट दिने केन्द्रको निर्णय भएको तर आफुलाई हटाएर अर्कोलाई टिकट दिने चलखेल भएको वडा अध्यक्षका आकांक्षी उम्मेदवार जयप्रकाश दहितले बताउनुभयो ।
जानकी गाउँपालिका–५ मा आफुलाई टिकट दिने केन्द्रको निर्णय भएको तर आफुलाई हटाएर अर्कोलाई टिकट दिने चलखेल भएको वडा अध्यक्षका आकांक्षी उम्मेदवार जयप्रकाश दहितले बताउनुभयो ।
त्यसैगरि जानकी गाउँपालिकाका अध्यक्षमा रामप्रसाद चौधरी, उपाध्यक्षमा राजमति चौधरीले टिकट नपाएर विवाद भएको जनाईएको छ । पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मी टिकटमा भएको विवादलाई केन्द्रमा जानकारी गराएको बताउनुभयो ।
उहाँले टिकट वितरणबारे अझै पूर्णरुपमा टुङगो नभएकोले सबैलाई मिलाएर टिकट वितरण गर्ने जानकारी दिनुभयो । टिकट वितरणमा असन्तुष्ट रहेका पार्टीका कार्यकर्ताले जिल्ला अध्यक्ष बिरु चौधरी, उपाध्यक्ष गयाप्रसाद कुश्मी, सचिव कलेसु चौधरी लगायतलाई कोठामा थुनी असन्तुष्टहरु बाहिर धर्नामा बसेका छन् ।