प्रदेश नं. २ को निर्वाचन सार्नु मधेशको अस्तित्वमाथिको प्रहार: यादव


महेश चौरसिया
काठमाडौं, असार १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज दुई गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि जनाउनुभएको छ ।

मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मिलेर षड्यन्त्र रचेको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको यादवले टिप्पणी गरेका छन् ।

गृहनगर विराटनगर आफ्नै निवासमा बिहिबार संचारकर्मीसँग कुरागर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,– ‘कांग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् । अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि दुई नम्बर लाई घेराबन्दी गर्न सजिलो हुने योजनाले उनीहरुले यस्तो गरेका हुन्’ यादवले भन्नुभयो ।

‘पहाडमा एमालेसँग पराजय भोगेका कांग्रेस माओवादीलाई पहिलेदेखि नै थाहा थियो मधेशमा पनि पराजय निश्चित छ’– संघीय समाजवादी फोरम नेपाल मधेशमा पहिलो पार्टी बन्ने दाबीगर्दै अध्यक्ष यादवले भन्नुभयो,– ‘त्यही डरले उनीहरुले आठ जिल्लाको निर्वाचनलाई स्थगित गरेका हुन् ।’

तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेशको लागि घातक भएको भन्दै अध्यक्ष यादवले आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिङ्गो मधेशको अस्तित्वमाथि प्रहार भएको टिप्पणी गर्नुभयो ।

‘मेचीदेखि महाकालीसम्म बीस जिल्लाको तराई मधेशलाई आठ जिल्लामा सीमित पार्ने षड्यन्त्र भएको छ । आठ जिल्लाको भूभाग मात्रै मधेश हो भनेर मान्यता उनीहरुले स्थापित गर्न खोजेका छन्’– यादवले भन्नुभयो ।

अध्यक्ष यादवले राजपाको दिशाहीनता र अपरिपक्व रवैयाले गर्दा कांग्रेस माओवादीको योजना सफल भएको टिप्पणी गर्नुभयो । ‘तीन चरणको चुनावले मधेशलाई नै घाटा हुन्छ भन्दै उहाँले चुनाव जति लम्बियो त्यति मधेशमा क्षति पुग्छ’ उहाँको तर्क छ ।

राजपाले आन्दोलनको नाममा मधेशमा अराजकता मच्चाउने काम गरेको उहाँले आरोप लगाउनुभयो । ‘पहाडमा एमालेसँग पराजय भोगेका कांग्रेस माओवादीलाई पहिलेदेखि नै थाहा थियो मधेशमा पनि पराजय निश्चित छ’– संघीय समाजवादी फोरम नेपाल मधेशमा पहिलो पार्टी बन्ने दाबीगर्दै अध्यक्ष यादवले भन्नुभयो,– ‘त्यही डरले उनीहरुले आठ जिल्लाको निर्वाचनलाई स्थगित गरेका हुन् ।’

तपाईको प्रतिक्रिया