
हेमन्त पौडेल
कैलाली, असार १ गते । दिनप्रतिदिन धनगढीको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बन्दै गएपछि नागरिकलाई सास्ती बढ्दै गएको छ । सुदूरपश्चिमको ब्यापारिक केन्द्रकारुपमा रहेको धनगढीमा साना तथा ठूला सवारी साधनहरुको संख्या उल्लेख्य रहेको छ ।
पछिल्लो समयमा ई–रिक्सा भित्रिएपछि ट्राफिकको चाप बढेको छ । ई–रिक्साकाकारण बजारमा ओहोदोहोर गर्न केही सजिलो भएपनि उनीहरुको चलाउने तरिकाले भने अन्य सवारी साधनलाई बजारमा कठिन हुने गरेको छ । सुदूरपश्चिमको केन्द्र धनगढीको यातायात ब्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले ब्यवस्थापनका लागि नयाँ सोच नल्याएकाकारण धनगढीको ट्राफिक ब्यवस्थापन निकै विग्रदै गएको छ ।
यसअघिका जिल्ला इन्चार्ज खडक भण्डारीले अटोरिक्साको ब्यवस्थापन र ट्राफिक ब्यवस्थापनमा केही नयाँ काम शुरुवात गरेका थिए । तर हाल ट्राफिकको जिल्ला इन्चार्ज भएर आएका दीपक पातलीले ब्यवस्थापनको नयाँ काम केही गर्न सकेका छैनन् ।
यसअघिका जिल्ला इन्चार्ज खडक भण्डारीले अटोरिक्साको ब्यवस्थापन र ट्राफिक ब्यवस्थापनमा केही नयाँ काम शुरुवात गरेका थिए । तर हाल ट्राफिकको जिल्ला इन्चार्ज भएर आएका दीपक पातलीले ब्यवस्थापनको नयाँ काम केही गर्न सकेका छैनन् ।
धनगढीको अस्तब्यस्त ट्राफिकलाई सुधार गर्नसक्ने इन्चार्जको खाँचो रहेको नगरवासीहरुको माग छ । इन्चार्ज पातलीले आफूले नयाँ काम गर्न नसकेको स्वीकार गरेकाछन् । धनगढीको ट्राफिक ब्यवस्थापनले यस क्षेत्रको विकासको संकेत गर्ने भएकाले यस्तो विषयमा सरोकारवाला निकाय किन गम्भीर नभएको हो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
सडकभरी सवारीसाधनले भरिएको छ ट्राफिक प्रहरीको पनि ड्यूटी खटिएको छ तर ब्यवस्थापन गर्न नसक्नुको पछाडी के कारण हो भन्ने प्रश्न उठ्ने गरेको छ । बजारका विभिन्न भागमा नो पार्किंग क्षेत्र भन्दै वोर्डहरु राखिएकाछन । तर सोही क्षेत्रमा गाडीहरु पार्किंग गरेर यात्रुहरु कुरिरहेको अवस्थामा सवारीसाधनहरु भेटिन्छन् ।
अटोरिक्सामा बसेका मानिसहरुलाई गाडी स्टाफहरुले सताउने गरेपनि त्यसको नियन्त्रण हुन सकेको छैन । गाडी स्टाफले अटोमा मानिसहरु आएको देखेपछि अटो रोकेर आतंकित पार्ने काम गर्ने गरेकाछन् । अटो रोकेर गाडी स्टाफहरुले चारैतिरबाट घेरेपछि महिला तथा बालबालिकाहरु तर्सिने गरेका छन् ।
स्थानीय प्रत्यक्ष दर्शीकाअनुसार रातोपुल र साल्ट ट्रेडिंग क्षेत्रमा यस्तो काम हुनेगरेको छ । सोही क्षेत्रमा ट्राफिक प्रहरीले गस्ती गरेको देखिन्छ । बसपार्कबाट गाडीहरु बाहिर निकालेर सडकमा पार्किंग गर्दासमेत ट्राफिक प्रहरी मुकदर्शक बन्ने गरेको छ । सवारीसाधनले ट्राफिक नियम उल्लंघन गरेको भन्दै जरिवाना काट्ने काम पनि तिब्र गतिमा हुने गरेको छ । आज एउटा गल्तीमा जरिवाना काटेको गाडीले भोली फेरि सोही गल्ती दोहोर्याएर जरिबाना काट्ने काम भएको हुन्छ ।
राजस्व बढाउने नाममा गल्ती गर्ने छुट दिनु हुँदैन धनगढीका बिमल ओझाले भन्नुभयो । राजस्व उठाउन प्राथमिकता दिनुभन्दा पनि यातायात ब्यवस्थापनमा ध्यान दिन ट्राफिक प्रहरीलाई सुझाव दिएकाछन् ।
रकम लिएर गल्ती गर्न छुट पाउने ब्यवस्थाको अन्त्य गर्दै जानेर गल्ती गर्नेलाई कडा कार्वाही गर्ने कानुन बनाउनुपर्ने सुझाव पनि स्थानीयको छ । राजस्व बढाउने नाममा गल्ती गर्ने छुट दिनु हुँदैन धनगढीका बिमल ओझाले भन्नुभयो । राजस्व उठाउन प्राथमिकता दिनुभन्दा पनि यातायात ब्यवस्थापनमा ध्यान दिन ट्राफिक प्रहरीलाई सुझाव दिएकाछन् ।
राजस्व उठाउने काम भन्सार र कर कार्यालयको हो ट्राफिकको होइन अर्का स्थानीय बासिन्दा नारायण खड्काले बताउनुभयो । ड्युटीमा खटिएका प्रहरीले पनि मोवाइल र फेसबुकमा ब्यस्त हुने गरेकाछन् । आजभोली म्यादी प्रहरी पनि संगै पठाएकाले संख्या धेरै देखिए पनि उपलब्धीको काम भने केही देखिएको छैन । विभिन्न स्थानमा रहेको ट्राफिक प्रहरीका गतिविधि संकास्पद हुनेगरेका छन् । जतिखेर भारतीय नम्वरका गाडीहरु देख्नेवित्तिकै कान ठाडा बनाएर हेर्ने कागजपत्र चेकगर्ने बाहानामा रकम असुलीसमेत हुने गरेको छ ।
अहिले पनि त्रिनगर नाकाबाट बैधानिकरुपम आएका भारतीय सवारी साधनलाई अनावश्यकरुपमा दुःख दिएर समस्यामा पार्ने गरेको गुनासो भारतीय नागरिकहरुले बारम्बार गुनासो गर्नेगरेका छन् ।
धनगढी बजारमा ठूला साना सवारी साधनहरु गुड्ने गरेकाछन् । कतिपयले बजार क्षेत्रमा तिब्रगतिले सवारी साधन चलाउने गरेको दखिन्छ । कतिपय ट्रयाक्टरहरुले समेत तिब्रगतिमा कुदाउने र ओभरटेक गर्ने गरेको छ तर त्यसलाई नियन्त्रण गर्नेतर्फ ध्यान नदिएको गुनासो पनि छ ।
कतिपय सवारी चालकहरुले कानमा एयरफोन लगाएर आफ्ना सवारी साधन चलाएको भएपनि त्यस्तालाई रोकेर सम्झाउने काम समेत भएको छैन । यसबारेमा जनताको गुनासो रहेको जानकारी गराउँदा प्रहरी निरिक्षक दीपक पातलीले सडकभरी ट्राफिक फिँजाएर राख्न नसकिने रुखो जवाफ फर्काएका थिए ।
दिनभरी घाममा ट्राफिक प्रहरीलाई खटाउने नसकिने उनको भनाई थियो । पातली ट्राफिक ब्यवस्थापनका लागि भन्दै कार्यालय बाहिर निस्कीएका छैनन् । प्रायः उनी कार्यालयमा बस्ने गरेकाछन । फिल्डमा प्रहरी नायब निरिक्षक प्रकाश चन्द खटिने गरेकाछन् ।
जिल्ला ट्राफिक कार्यालयमा दीपक पातली आएपछि नगरवासीले खासै नयाँ कुनै अनुभूति गर्न पाएका छैनन् । यसअघिका जिल्ला इन्चार्ज खडक भण्डारी ट्राफिक ब्यवस्थापनकालागि आफै बजारमा निस्कने गरेका थिए तर पातली अएपछि उनको शक्रियता नदेखिएको नगरवासीको गुनासो छ ।




