लक्की चौधरी
काठमाडौं, असार २ गते । नेकपा (एमाले) ले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं. १ को १४ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको प्रदेश कमिटीको सिफारिसमा स्थायी कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाइएको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
उहाँकाअनुसार ताप्लेजुङको फङलिङ नगरपालिकाका लागि प्रमुखमा छत्रपति प्याकुरेल, उपप्रमुखमा विमला सेनेहाङलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, रिरिजङ्गा नगरपालिकाका लागि प्रमुखमा अनन्तबहादुर साँवा र उपप्रमुखमा लिलामाया दाहालको नाम टुंगो लागेको छ ।
सोहीअनुसार पार्टीले दिएको जानकारीअनुसार आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा लक्ष्मीबहादुर याक्सो र उपाध्यक्षमा मञ्जु भट्टराई, सिदिङ्वा गाउँपालिका अध्यक्षमा मानबहादुर राईको टुंगो लागेपनि उपाध्यक्षको बाँकी रहेको छ । त्यस्तै, फक्ताङ्लु गाउँपालिका अध्यक्षमा सरोज एधेङ, उपाध्यक्षमा फूलमाया लिम्बु, मिक्वाखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः रामकुमार साँवा र मिना केदेमको नाममा टुंगो लागेको सचिव भट्टराईले बताउनुभयो ।
हेर्नुहोस् उम्मेदवारको पूर्णसूचीः
प्रदेश नं. १ को एमालेका उम्मेदवारहरु