काठमाडौं, असार २ गते । राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरेको छ । प्रदेश नं. २ को चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गर्दै निर्वाचनमा भाग नलिने बताएको छ ।
राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।
‘सरकारले हाम्रो सहमति बेगर एकतर्फीरुपमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको छ,’ राजपा नेता राजकिशोर यादवले भन्नुभयो, ‘सरकारको यस्तो निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं ।’
राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम ४ गते गर्ने गरी सारिएको छ । तर राजपाले आफ्नो सो आन्दोलन पनि ४ गतेलाई लक्षित गरी सारेको छ ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ