राजपाका नेता राजेन्द्र महतोले दिए देउवा सरकारलाई ‘मूर्ख’ को संज्ञा


काठमाडौं, असार ३ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रमुख तीन दल र सरकार मिलेर देशलाई विखण्डन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शनिबार यहाँ एक कार्यक्रममा बोल्दै नेता महतोले तीन दलले देशलाई भाँड्न र विखण्डन गर्न लागेकोले बाध्यभएर आफूहरु आन्दोलनमा गएको दावी गर्नुभयो । मधेश, जनजाति र थरुहटको समस्या समाधान नगराई गरिने निर्वाचनमा आफूहरु कुनैपनि हालतमा भाग नलिने जिकिर गर्नुभयो । ‘हाम्रा समस्याहरु समाधान नभएसम्म हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, यो हाम्रो बटमलाईन हो’ महतोले भन्नुभयो ।

अरे, मुर्ख सरकार ! हदको पनि सिमा हुन्छ नि, २ नम्बर प्रदेश मात्रै मधेश हो र ?’ उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको आरोप लगाए ।

महतोले ठूला दलले मधेश र थरुहटलाई एक हुन नदिन षडयन्त्र गरिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘यो के गर्न खोजेको हो ? मधेश र थरुहट एक हुनै नदिने ? मैले हजारचोटी भनिसकें कि तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यिनीहरुले मुलुकलाई समस्यामा फसाउने काम गरिरहेका छन् ।’ मुलुकलाई बर्वादीबाट बचाउन सबैको माग सम्बोधन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

मधेश र थरुहटलाई टुक्रा–टुक्रा पारेर गरिने चुनावले कसैको हित नगर्ने बताउँदै नेता महतोले मधेशी तथा आदिवासी जनताहरुले अधिकार प्राप्तिको लागि सहादत दिएको कुरालाई लत्याएर कोही पनि अघि बढ्न नसक्ने दावी गर्नुभयो । महतोले आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको समेत दावी गर्नुभयो ।

समस्याको समाधान नगराईकन चुनाव जबरजस्ती गर्न खोज्नु मुलुकलाई द्वन्द्वमा धकेल्न खोज्नु हो भन्दै नेता महतोले मधेशी तथा जनजातिहरुले उठाएका माँग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेशदेखि थरुहटसम्म एकै पटक निर्वाचन हुनुपर्ने बताउनुभयो । बल प्रयोग गरेर निर्वाचन गराउन खोजिए मुलुक वर्वाद हुने उहाँको चेतावनी छ ।

प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गर्दै नेता महतोले सरकारलाई मुर्खको संज्ञा दिनुभयो । अरे, मुर्ख सरकार ! हदको पनि सिमा हुन्छ नि, २ नम्बर प्रदेश मात्रै मधेश हो र ?’ उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया