पेरिस घटनाले विश्व हल्लियो

के हो आइएसआई संगठन ?


1

हमार पहुरा
काठमाडौं, कात्तिक २९ गते ।

फ्रान्समा सयभन्दा बढीको ज्यान जाने गरी नागरिकको हत्या भएपछि यसको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको समाचार आइरहेको छ । सामाजिक सञ्जालहरुमा आइएसका समर्थकले पेरिस हमलाबारे खुशीयाली मनाइरहेका छन् । पेरिस हमलापछि ‘आइएस’ के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे विश्वभरमा मानिसमा एकाएक चासो बढेको छ ।

एक समय अलकायदाका नेता ओसामा बिन लादेनको नाममा धेरैको चासो थियो । ट्विन टावर ध्वस्त बनाउने लादेनको इहलीला अमेरिकाले समाप्त पारिसकेको छ । अफगानिस्तानमा रहेको तालिवानी शासन पनि ढलिसकेको छ । ९यद्यपि त्यहाँ तालिवानीको गतिविधि यथावत छ । तथापि अहिले विश्वको रंगमञ्चमा ओसामा बिन लादेन वा अफानिस्तानको तालिवान भन्दा पनि भयंकर त्रासदी बोकेर आएको छ, अबु बकर-अल बगदादीले नेतृत्व गरेको इस्लामिक स्टेट -आइएस ।

आइएसका समर्थकले आफ्ना नेता बगदादीलाई खलिफा इब्राहिमका नामले चिन्ने गर्छन् । इस्लामिक स्टेटको प्रमुख नेता बनेको चार वर्ष बित्दा पनि उनको वास्तविक अनुहार सार्वजनिक हुन सकेको छैन । सन् २०११ सम्म उनका लिखित भाषणहरु सार्वजनिक हुने गरेकोमा २०१३ मा उनको अडियो सन्देश सार्वजनिक भएको थियो । आइएसका समर्थकहरुले बगदादीलाई पैगम्बर महम्मदका बंशज मान्छन् ।

आइएसका मुख्य नेता बगदादीले इराकको बगदादस्थित इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया र न्यायशास्त्रमा पीएचडी गरेका छन् । उनी सुरुमा मस्जिदमा धार्मिक शिक्षा दिन्थे । उनले ओसामा बिन लादेनले भन्दा बढी शिक्षा आर्जन गरेको हुनाले आइएसका समर्थकहरु उनलाई लादेनलाई भन्दा बढ्ता मान्छन् ।

जब अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्‍यो, त्यसपछि बकर अल-बगदादीले आफ्ना केही सहयोगीहरुलाई लिएर जैस अहल अल सुन्नाह वा-अल जमात -जेजेएएसजे गठन गरे । उनको समूह त्यसबेला बगदादमा सक्रिय थियो ।

त्यसो त अमेरिकी सेनाले बगदादीलाई २००४ को फेबु्रअरीदेखि डिसेम्बरसम्म हिरासतमा समेत लिएको थियो । तर, उनलाई छाडिदियो । किनभने अमेरिकाले उसलाई यतिसाह्रो खतरनाक व्यक्ति होलान् भन्ने सोच्दै सोचेन ।

यिनै बगदादीले सन् २००६ को प्रारम्भमा जेजेएसजेको नाम परिवर्तन गरेर मजलिस शुरा अल-मुजाहिद्दीन राखे । त्यसपछि उनको संगठनले अलकायदासँग बफादार रहने कसम खायो र अलकायदामा मिसियो । त्यसपछि फेरि यो संगठनको नाम परिवर्तन भयो र आइएसआइएस राखियो, जसको सर्वोच्च सल्लाहकार परिषदमा बगदादी चुनिए । यो गुटका प्रमुख नेता अबु अमर अल-बगदादीको अप्रिल २०१० मा मृत्यु भयो । त्यसपछि अबु बकर अल-बगदादी यसको प्रमुख नेता बने, जसले अहिले सिरिया र इराकको भूभागमा आफ्नो प्रभुत्व जमाइरहेका छन् र विश्व समुदायलाई आतंकित पारिरहेका छन् ।

बगदादी कहाँ बस्छन् भन्ने अस्पष्ट छ । अनुमान गरिएको छ कि उनी सिरिया र इराकमा घुमिरहन्छन् ।

के हो आइएस

सन् २०१४ देखि इराक र सिरिया हुँदै विश्वका विभिन्न देशमा गतिविधि बढाएको आइएसआइएसको पूरा नाम स्लामिक स्टेट इन इराक एण्ड अल शाम -सिरिया हो, जसलाई छोटकरीमा आइएस वा आइएसआई भनिन्छ ।

यो चरमपन्थी संगठनले इराक र सिरियामा आफ्नो कब्जामा लिएको भूभागलाई ‘खिलाफत’ ९इस्लामिक राज्य० घोषणा गरेको छ । यसका खलिफा -मुखिया बगदादी हुन् । चरमपन्थीहरुले घोषणा गरेका छन् कि आइएसआइएसलाई अब आइएस वा ‘इस्लामिक स्टेट’मात्रै भनिने  छ ।

2

आइएसको उद्देश्य मुसलमानहरुको अलग्गै इलामिक राज्य घोषणा गर्नु हो । उनीहरुले पश्चिमा लोकतन्त्रलाई खारेजीको घोषणा गर्दै अरबलाई पश्चिमी प्रभावबाट मुक्त गर्ने दाबी गर्दै हिंसात्मक लडाइँ छेडेका छन् । यसका लागि संयुक्त राष्ट्र संघले बनाएको सीमारेखा नमान्ने उनीहरुले घोषणा गरेका छन् । इराक र सिरियामा यसैको प्रयोग गर्दै आइएसले दुई देशको भूभागलाई एकै ठाउँमा मिलाएर इस्लामिक राज्यको घोषणा गरेको छ ।

इराकको राजधानी बगदादपछिको ठूलो शहर मसूल यतिबेला आइएसको नियन्त्रणमा छ । उसले निकट भविश्यमै सिंगो इराकलाई आफ्नो कब्जामा लिने दाबी गरेको छ ।

इस्लामिक स्टेटको गतिविधि यतिबेला ५० भन्दा बढी देशमा फैलिएको छ । आइएसविरुद्धको कारवाहीमा कुनै न कुनै रुपले ७० देश सहभागी छन् । आइएसविरुद्ध विश्वका धेरै देशहरुले सैन्य एवं गैरसैन्य सहभागिता जनाएर लडिरहेका छन् ।

आइएसविरोधी लडाइँमा सैनिक सहभागिता जनाउने देशमा अमेरिका छ भने सैन्य सामाग्रीमार्फत सहभागी देशहरुमा डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, पोल्याण्ड, अल्बानिया, अष्ट्रेलिया, इटलीलगायत छन् । क्यानडाले सैनिक सल्लाहकार उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया