कपिलवस्तु, असार ४ गते । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा आइतबार दिउँसो बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूह माओवादीले गराएको आशंका सुरक्षाकर्मीले गरेका भएपनि घटनाको जिम्मा कसैले लिएको छैन ।
चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार, शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा बम विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो ।
उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार, शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।
विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीकाअनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएको थियो । मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर उ हिडेको केही समयमा विस्फोट भएको बताइएको छ ।