कैलाली, असार ४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य र कैलाली जिल्ला उपाध्यक्षसहित केही थारुलाई प्रहरीले कैलालीबाट आइतबार पक्राउ गरेको छ ।
कैलालीको कैलारी गाउँपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी गर्नेक्रममा उहाँहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेको बताएको छ । केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीसहित केही थारुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीसहित केही थारुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।
तालाबन्दी लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरी लगाएको ताला खोलेको थियो । सोपछि कैलारी गाउँपालिकामा मनोनयन दर्ताको प्रकृया सहज रुपमा भएको प्रहरीले जानकारी दिएको छ ।
थारु मधेसीको मुद्दालाई सम्बोधन नगरेको भन्दै राजपा आन्दोलनमा छ । सोही सिलसिलामा कैलालीका थारुले पनि संविधान संशोधन गरी थारुको माग पूरा गर्नुपर्ने बताएका छन् । टीकापुर घटनाको आरोपमा पक्राउ परी थुनामा रहेका २३ जना थारुलाई तत्काल रिहाईको माग कैलालीका थारुले गरेका छन् ।
थारुको माग मुद्दा सरकारले सम्बोधन नगरेको भन्दै आन्दोलनका क्रममा निर्वाचनको कार्यक्रममा अवरोध गर्ने क्रममा पक्राउ गरिएको चौधरीका छोरा चन्द्रसिंह चौधरीले बताउनुभयो । उहाँहरुलाई धनगढीस्थित प्रहरी कार्यालयमा हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका राजपाका केन्द्रीय सदस्य हाल धनगढीको क्याम्पसरोडस्थित सद्भावना टोलमा बसोबास गर्दै आउनुभएको छ । उहाँको पुरानो घर हालको कैलारी गाउँपालिकामा पर्दछ ।