
कुलदिप चौधरी
सु्नसरी, असार ७ गते । थारु पत्रकार संघ नेपालको आयोजनामा सुनसरी जल्लिाको झुम्कामा थारु भाषामा पहिलो पटक आयोजित रेडियो उदघोषण तालिम सम्पन्न भएको छ ।
थारु पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यकासाथ सघंले आयोजना गरेको सो तालिम तीन दिनसम्म चलेको थियो । तालिममा एक्वा, बकलौरी, खरिटोल, बसविटि गाँउबाट आएका महिलाहरुको लगभग ३५ जनाको सहभागि रहेको थियो ।
महिलाहरु अझपनि घाँस, दाउरा चुलोचौकामा सीमित रहेकाले महिलामाथि वढदो हिंसा, अन्याय, अत्याचारका घटना बढिरहेको चर्चा गरिएको थियो । महिला साक्षरताका लागि संघले तालिममा जोड दिएको संघका अध्यक्ष कुलदिप चौधरीले वताउनुभयो ।
महिलाहरु अझपनि घाँस, दाउरा चुलोचौकामा सीमित रहेकाले महिलामाथि वढदो हिंसा, अन्याय, अत्याचारका घटना बढिरहेको चर्चा गरिएको थियो ।
चौधरीको सभापतित्वमा समापन कार्यक्रमका प्रमुख थारु कानुनि व्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु महिला सभाकी अध्यक्ष सुशीला चौधरी, थारु महिला उत्थान समाजकि अध्यक्ष सीता चौधरी, फोनिजका अध्यक्ष धिरेन्द्र चौधरी लगायतले तालिममा सहभागिहरुलाई शुभकामना दिदै प्रमाणपत्र वितरण गर्नुभयो ।
तालिममा सहभागीहरुलाई प्रशिक्षण प्रसिद्ध नाटककार रेडियोकर्मि कुलदिप चौधरी, पत्रकार सुनिल चौधरी, एल.एन. गच्छदार, धिरेन्द्र चौधरीले दिनु भएको थियो । सहभागिहरुले छोटो समयमा सरल तरिका र आफनै थारु भाषामा उदघोषण कला सिक्न पाउँदा आफ्नो व्यक्तित्व विकास भएको जानकारी गराएका थिए ।
सफलता र साक्षरताको विकास हाम्रो भएको भन्दै तालिममा सहभागि सीता चौधरी, आशा चौधरी ,लिलि चौधरी, अनिता चौधरी, चिना खवास, भारति चौधरी, सनम चौधरी, सिता चौधरी लगायको सहभागिता थियो ।




