
भगतराम थारु
नेपालगञ्ज, असार ८ गते । बाँकेको कोहलपुर ७ मा जन्मिएर आफ्नो राजनीतिलाई अगाडि बढाएका फुलाराम थारु छोटो उमेरमै धेरै समाजिक कार्य गरेर परिचित हुनुहुन्छ । उहाँले अहिले कोहलपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।
२०५३ सालमा सप्तरी जिल्लाबाट नेविसंघको सदस्यबाट राजनीतिक जीवन उहाँले सुरु गर्नुभएको थियो । क्रमशः राजनीतिमा सक्रिय हुँदै २०५६ सालमा काठमाण्डौको त्रिचन्द क्याम्पसको निर्वाचित सदस्य समेत हुनुभयो ।
२०६५ सालको मधेश आन्दोलन विजयकुमार गच्छदारहरुले सुरु गरेपछि आन्दोलन सफल पार्न फुलाराम थारु सक्रिय भएर लाग्नुभएको थियो । त्यतिबेला मधेशी जनअधिकार फोरम पार्टीबाट सक्रिय राजनीति गर्दै विजय गच्छदार नजीक भएकोले २०६६ सालमा नयाँ पार्टी खोलेपछि गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा बाँके जिल्लाको बरिष्ठ उपाध्यक्ष भएर जिल्लाको सक्रिय राजनीति सुरु गर्नुभयो ।
जिल्लाको बरिष्ठ उपाध्यक्षको पदमा रहिरहदा विद्यार्थीको केन्द्रिय अध्यक्ष समेत हुनुभयो । हाल नेपाल लोकतान्त्रिक फोरम बाँके जिल्ला अध्यक्ष भएर जिल्लाको कुशल नेतृत्व गरिरहनुभएका थारु अहिले कोहलपुर नगरपालिकाको प्रमुख पदको प्रत्यासी हुनुहुन्छ ।
थारु २०६४ सालको संविधानसभाको निर्वाचन र २०७० को निर्वाचनमा पनि बाँके क्षेत्र न ः १ बाट सभाषदमा लडे र सम्मानजनक मत ल्याउनुभएको थियो । २०६७ सालमा कोहलपुर नगर विकास समितिको अध्यक्ष भएर जिम्मेवारी निभाउनुभयो । फूलाराम थारु स्थानीय जनताको सेवकको रुपमा परिचित हुनुहुन्छ ।
पार्टी सरकारमा रहदा जहिले पनि डुबानबाट ठूलो धनजनको क्षति व्यहोरीरहेका राप्तीपारिका फत्तेपुर लगायतका गाविसमा ठूला तटबन्धको योजना स्वीकृत गराउनमा उहाँको सक्रिय भूमिका थियो ।
जनतालाई पर्ने जुनसुकै समस्यामा पनि घामपानी, दिनरात नभनिकन फुलाराम आफुले सक्ने सहयोग गर्दै आउनुभएको बताउनुहुन्छ । कोहलपुर नगर विकास समितिको अध्यक्ष हुँदा नेपाल राष्ट्र बैंकलाई जग्गा दिने निर्णय गराउनुभएको थियो । हाल उक्त जमीनमा वैंकको भवन निर्माणाधिन अवस्थामा छ ।
नेपाल रेडक्रस सेसाइटीबाट सन्चालित भोकाअधिकार कार्यक्रम पनि उहाँकै अगुवाइमा सन्चालन भएको थियो । पार्टी सरकारमा रहदा जहिले पनि डुबानबाट ठूलो धनजनको क्षति व्यहोरीरहेका राप्तीपारिका फत्तेपुर लगायतका गाविसमा ठूला तटबन्धको योजना स्वीकृत गराउनमा उहाँको सक्रिय भूमिका थियो ।
फत्तेपुरको विभिन्न बाटो निर्माण, कोहलपुरको हवल्दारपुरदेखि लख्नासम्मको बाटो, कोहलपुरको स्मार्ट सडक फुलारामकै पालामा निर्माण भएको थियो । आफूले प्रमुखमा विजयी भएपछि विकासका जनतामुखि काम गर्ने उहाँको प्रतिवद्धता छ । आफू थारुको मात्र उम्मेदवार नभएर सबै कोहलपुरबासीको साझा उम्मेदवार भएकाले यहाँको विकासका निम्ति लागिपर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।




