नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन भाद्र ४ र ५ मा


काठमाडौं, असार ८ गते । नेपाल पत्रकार महासंघको २५ औं केन्द्रीय महाधिवेशन पुनः सर्ने भएको छ । असार २२ र २३ गतेका लागि यसअघि तय गरिएको महाधिवेशन भदौ ४ र ५ गते गर्ने निर्णय महासंघले गरेको छ ।

असार २२ र २३ गतेका लागि यसअघि तय गरिएको महाधिवेशन भदौ ४ र ५ गते गर्ने निर्णय महासंघले गरेको छ ।  महासंघको विहिबार बसेको सचिवालय बैठकले सो निर्णय गर्दै सबै शाखालाई तयारीका लागि सर्कुलर गरेको छ । स्थानीय तह निर्वाचनको मिति पटक पटक सरेपछि महासंघको महाधिवेशन पनि सोहीअनुसार प्रभावित हुँदैगएको छ ।

स्थानीय तह निर्वाचनको मिति पटक पटक सरेपछि महासंघको महाधिवेशन पनि सोहीअनुसार प्रभावित हुँदैगएको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषणमा व्यस्त रहने भएपछि जिल्लाका पत्रकारको विशेष आग्रहमा मिति सार्नुपरेको महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो । असहज परिस्थितिकाकारण महासंघको महाधिवेशनको मिति सार्नुपर्दा पर्न गएको असुविधाप्रति महासंघले क्षमा मागेको छ ।

व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार मूख्य नारा तय गरेको महासंघको महाधिवेशन काठमाडौंमा हुनेछ । महासंघले सबै शाखा, एशोसियट संस्थाहरुलाई तयारीका लागि आग्रह गरिएको महासचिव उजीर मगरले जानकारी गराउनुभयो । महासंघको हाल करिब साढे १२ सय केन्द्रीय पार्सद छन् ।

तपाईको प्रतिक्रिया