घोडाघोडीको आर्थिक समृद्धिका लागि नै मेरो उम्मेदवारीः थारु


लक्की चौधरी

सुख्खड, असार ९ गते । नेकपा (एमाले) बाट घोडाघोडी नगरपालिकाका प्रमुख पदका उम्मेदवार ममताप्रसाद चौधरीले यहाँका पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि कायम गर्ने प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।

हमार पहुरा डट कमसँग शुक्रबार कुरागर्दै चौधरीले त्यस्तो बताउँदै पहिलो पटक नगरपालिका भएको यसक्षेत्र पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको चर्चा गर्नुभयो । घोडाघोडी तालदेखि वसन्ता कोरिडोर र चुरे पहाडको उचित व्यवस्थापनले पर्यटकलाई भित्र्याउन सकिने बताउनुभयो ।

“समस्या पहिचान सबै भएकै छन्, कुन कुन स्तरमा कस्तो विकास गर्नुपर्छ भन्ने योजना बनाएर म अगाडि बढ्छुँ” उहाँले भन्नुभयो ।

सुख्खडमा जन्मीहुर्की त्यही क्षेत्रमा शिक्षण पेशामा आवद्ध प्रमुख पदका उम्मेदवार चौधरीले आफूलाई सो क्षेत्रका सबै समस्या र सम्भावनाबारे जानकारी रहेकाले निर्वाचित भएमा विकासका लागि समय नलाग्ने दावी गर्नुभयो । “समस्या पहिचान सबै भएकै छन्, कुन कुन स्तरमा कस्तो विकास गर्नुपर्छ भन्ने योजना बनाएर म अगाडि बढ्छुँ” उहाँले भन्नुभयो ।

यहाँको विकासका लागि आर्थिकस्रोत पनि नगरपालिका भित्रैबाट जुटाउन सक्ने प्रशस्त सम्भावना भएकाले कसैसँग हात फैलाउने अवस्था नरहने उहाँको भनाई छ । यहाँको विकासका लागि आर्थिक पूर्वाधारको विकास गरी प्रशस्त मात्रामा राजश्व असुल्नसक्ने अवस्था छ, भन्दै चौधरीले भन्नुभयो, “पहिलोचरणमा यहाँका आधारभूत विकासको काम गर्छु, दोस्रो चरणमा दीर्घकालिन विकासको योजना बनाएर अगाडि बढ्छुँ ।”

प्राथमिकचरणमा सडक, विजुलीबत्ति, सञ्चार, शिक्षा, स्वास्थ्यको समुचित व्यवस्था गरी अर्को चरणमा यहाँका बेरोजगार युवालाई रोजगारका लागि सोही ठाउँमै उद्योग कलकारखानाको विकास गरी प्रशस्त रोजगारी सृजना गर्नसक्ने अवस्था रहेको चौधरीको भनाई छ । मतदाताको समस्या प्रायः एकै किसिमको आउने गरेको र समस्याको पहिचान गरी त्यसको सम्बोधनका लागि आफूले योजना बनाइरहेको उहाँले बताउनुभयो ।

उम्मेदवार चौधरीकाअनुसार आफ्नो प्रतिस्पर्धा सामान्यतः माओवादीसँग भएपनि आफू निकै फराकिलो मतान्तरले विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो नगरपालिकामा ३९ हजार ६८४ कुल मतदाता रहेको भएपनि १९ हजारको हाराहारीमा थारु मतदाता रहेका छन् । प्रमुख तीनवटै दलबाट प्रमुख पदकालागि थारुलाई नै उम्मेदवार बनाएकाले थारुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवार चौधरीकाअनुसार आफ्नो प्रतिस्पर्धा सामान्यतः माओवादीसँग भएपनि आफू निकै फराकिलो मतान्तरले विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

एमाले पार्टीको आफ्नै विशिष्टीकृत ऐजेण्डा र आफ्नो विकाससम्बन्धी निजी एजेण्डाकासाथ मतदाताको घरदैलो गरिररहेको बताउँदै चौधरीले मतदाताको राम्रो प्रतिक्रिया पाउने गरेको बताउनुभयो । यस क्षेत्रका केही ठाउँमा डुवान र कटानको समस्या छ, त्यसको समुचित विकास र तटबन्धको निर्माण गरी समस्या समाधान गर्ने बताउनुभयो ।

किसानलाई समयमै कृषि कामका लागि सिंचाई, मल विउ र कृषि सामग्री उपलब्ध गराउन आफू लागिपर्ने बताउँदै चौधरीले घोडाघोडीको विकासकालागि आफूलाई निर्वाचित गर्न मतदाताहरुसँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया