काठमाडौं, असार ११ गते । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले दोस्रो चरणको निर्वाचनमा ४५ स्थानीय तह जित्ने दावी गरेको छ ।
प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा १४ गते मतदान हुँदैछ । दललहरु प्रचार प्रसारमा व्यस्त छन् । नेपाल लोकतान्त्रिक पनि सोहीअनुसार चुनावी प्रचारमा व्यस्त छ ।
लोकतान्त्रिकका नेता रामजनम चौधरीकाअनुसार सो पार्टीले सबैभन्दा धेरै प्रदेश नम्बर ५ बाट जित्ने आशा गरेको छ ।
प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा पनि गच्छदार नेतृच्वको लोकतान्त्रिकको उपस्थिति केही ठाउँमा राम्रो देखिएको छ । कञ्चनपुरका ७ र कैलालीका ३ स्थानीय तहमा जित्ने लक्ष्य रहेको चौधरीले बताउनुभयो ।
यो प्रदेशका २० वटा स्थानीय तहमा जित्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । चौधरीकाअनुसार नवलपरासीमा ४, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा ३, ३ र बाँकेका २ स्थानीय तहमा जित्ने सो पार्टीको लक्ष्य छ ।
प्रदेश नम्बर १ मा १५ स्थानीय तहमा जित्ने लोकतान्त्रिकको दाबी छ । यो प्रदेशमा १४ जिल्ला भए पनि तीन जिल्लामका उसको राम्रो उपस्थिति छ । बिराटनगर महानगरपालिकामा एमालेसँग तालमेल गरेको छ ।
मेयरमा एमालेका विनोद ढकाललाई सघाएको सो दलले उपमेयरमा सूची चौधरीलाई उम्मेदवार बनाएको छ । सुनसरीमा ५, मोरङमा ४ र झपामा २ स्थानीय तहमा जित्ने लक्ष्य रहेको लोकतान्त्रिकका नेता चौधरीले बताउनुभयो ।
यसरीगरी प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा पनि गच्छदार नेतृच्वको लोकतान्त्रिकको उपस्थिति केही ठाउँमा राम्रो देखिएको छ । कञ्चनपुरका ७ र कैलालीका ३ स्थानीय तहमा जित्ने लक्ष्य रहेको चौधरीले बताउनुभयो ।