महतोलाई गोली हान्ने फरार अभियुक्त ठकुरी भारत दिल्लीबाट पक्राउ


कारी महतो
चित्तवन, असार १७ गते । भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुृरीलाई भारतको दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मेलन मार्फत् ठकुरीलाई सार्वजनिक गरिएको छ । पर्वत जिल्ला पकुवा गाविस वडा नं. ८ नागरिकतामा ठेगाना भएका अभियुक्त २७ वर्षीय ठकुरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. २७ ढेबौलीस्थित ससुराली घरमा बस्दै आएका थिए ।

उनलाई असार १५ गते भारतको दिल्लीबाट पक्राउ गरी भरतपुर ल्याइएको छ । नवलपरासी जिल्ला मध्यविन्दु न.पा.. १० अरुणखोला बस्ने १९ वर्षीय नारायण विक र सोहि ठाउँमा बस्ने २१ वर्षीय लक्ष्मण परियारलाई यसअघि नै पक्राउ गरी असार १२ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो ।

साथै उनीहरुले लुटेर लगेका केही नगद, सुनचाँदीका गहना र प्रयोग भएका पेस्तोल सहितका हातहतियारहरु उनीहरुबाट बरामद गरी प्रहरीले सार्वजनिक गरिसकेको छ ।

लुटेराहरुको गोली लागेर घाइते भएका ३२ वर्षीय गंगासागर महतोको चितवन मेडिकल कलेजमा उपचारको क्रममा जेठ ९ गते मृत्यु भएको थियो । मृतक महतोलाई गोली हान्ने तथा उनका आमा साहुनी महतो, बहिनी रामकुमारी महतो र श्रीमती कुन्ती महतोलाई रड, ह्यामर र पेचकसले मरणासन्न हुनेगरी कुटपिट गरी घरमा भएको नगद तथा सुनचाँदीका गरगहनाहरु लुटेर लगेका थिए ।

कुन्ती महतोको गर्भमा भएको बच्चा उनको श्रीमान् गंगासागर महतोकै हो भन्ने कुरामा कसैलाई शंका नगर्नका लागि प्रहरी उपरीक्षक दिपक थापाले आग्रह गरे । यस विषयमा कुन्ती महतो डिएनए टेष्ट गर्न पनि तयार रहेको कुरा एसपि थापाले बताए ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक थापाले गंगासागर महतोको ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । आफूहरुले अनुसन्धानकोक्रममा ४९ जनालाई सोधपुछ गरेकोमा त्यसैलाई आधार बनाई कसैलाई कुनै किसिमको आक्षेप लगाउन नहुने बताएका छन् ।

सबैभन्दा पीडित भएकी मृतककी श्रीमती कुन्ती महतोलाई कोहि कसैले पनि मानसिक तनाब दिन नहुने उनले बताए । कुनै किसिमको आरोप लगाएमा त्यस्ता व्यक्तिहरुको विरुद्धमा तुरुन्त मुद्दा दर्ता गरिने आश्वासन प्रहरीले दिएको छ ।

कुन्ती महतोको गर्भमा भएको बच्चा उनको श्रीमान् गंगासागर महतोकै हो भन्ने कुरामा कसैलाई शंका नगर्नका लागि प्रहरी उपरीक्षक दिपक थापाले आग्रह गरे । यस विषयमा कुन्ती महतो डिएनए टेष्ट गर्न पनि तयार रहेको कुरा एसपि थापाले बताए । “अनुसन्धानको क्रममा त्यसबारे प्रश्न गरिएको भएता पनि अन्तमा उनको श्रीमान्कै गर्भ हो भन्ने कुरा प्रमाणित भैसकेको छ” एसपि थापाले बताए ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयले लागु औषध चरेसका मुख्य कारोबारीहरु बारा जिल्लाका मोजहर मन्सुर, अजय कुमार राम, आजाद भनिने ओसिम अन्सारीलाई पनि असार १५ गते पक्राउ गरी शनिबार सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया