
धनगढी, असार २० गते । कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा सानदार जित हात पारेको छ।
माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए।
त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय हात पारिन्। उनले लोकतान्त्रिक फोरमकै उम्मेदवारलाई हराइन्। वडा अध्यक्षमा समेत माओवादी केन्द्रकै बहुमत रहेको छ।
उसले २, ४, ८ र ९ गरी चार वडामा जितेको छ। त्यस्तै एमालेले २, लोकतान्त्रिक फोरमले २ र काँग्रेसले १ वडामा जितेको छ।




