
धनगढी, असार २१ गते । कैलालीको घोडाघोडी न.पा. र लम्किचुहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ ।
एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मतले विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाउनुभयो ।
उपमेयरमा एमालेकी प्रेमकुमारी थापा ७ हजार २३४ मतका साथ विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ममता चलाउनेले ७ हजार ६४ मत पाइन् । कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी भएको छ ।
लम्की चुहाको प्रमुखमा एमालेका महादेव बजगाई र उपप्रमुखमा टीका थापा विजयी भएका हुन्। यो जितसँगै एमालेले कैलालीको सम्पन्न १२ तहको मतगणनामध्ये ७ तहमा जित हासिल गरेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने जारी छ।




