इटहरी उपमहानगरपालिका प्रमुखमा एमालेका द्वारिकलाल चौधरी


सुनसरी, असार २३ गते । सुनसरीको प्रमुख शहर इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । मेयरमा द्वारिकलाल चौधरी निर्वाचित भए ।

मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी बनेकी छिन् ।

मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी बनेकी छिन् ।

एमालेले इटहरीमा कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पारेको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् । पूर्वाञ्चलको महत्वपूर्ण शहरकारुपमा रहेको इटहरी उपमहानगरपालिकाकामा पाएको जितले सुनसरीका एमालेमा खुशियाली छाएको छ ।

तपाईको प्रतिक्रिया