तेस्रो चरण निर्वाचनकालागि राजपाले गर्यो आयोगमा दल दर्ता


काठमाडौं, असार २३ गते । पार्टीको विधानमा केही विवादले टुंगो नलागेपछि रोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

दल दर्ताका लागि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेताहरु निर्वाचन आयोग गएका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजपा दल दर्ताका लागि आयोग आएकोमा स्वागत र बधाई दिनुभएको थियो ।

मधेसमा केन्द्रीत छ मधेसवादी घटक एकतापछि बनेको राजपाको विधान टुंगो नलागेपछि बुधबार नै गर्ने भनिएको दल दर्ता तीन दिनपछि सरेको थियो । दल दर्ता भएपछि अब राजपा तेस्रो चरणको निर्वाचनमा भाग लिने बाटो खुला भएको छ ।

तपाईको प्रतिक्रिया