भीमदत्त नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी


राजेन्द्रप्रसाद अवस्थी
कञ्चनपुर, असार २४ गते । कञ्चनपुरको भीमदत्त नगरपालिकामा झिनो मतान्तरले नेकपा (एमाले) का सुरेन्द्र विष्ट विजयी हुनुभएको छ ।
शुक्रबार सम्पन्न मतगणनाअनुसार एमाले भीमदत्त मेयरका उम्मेदवार विष्ट विजयी हुनुभएको हो । उप प्रमुखमा भने काँग्रेसका उपमेयर सुशिला चन्द निर्वाचित हुनुभयो ।

विष्टले नेपाली काँग्रेसका पदम बोगटीलाई १६६ मतको अन्तरले हराउदै भीमदत्त नगरको मेयरमा निर्वाचित हुनुभएको हो । विष्टले ११ हजार, ८३१ र बोगटीले ११ हजार ६६५ मत ल्याएका थिए ।

मत गणना भएको आठ दिनसम्म लगातार काँग्रेस उम्मेदवार बोगटीले अग्रता लिएका थिए । मतगणना सम्पन्नको एक दिनअघि मात्रै एमाले उम्मेदवार विष्टले एकाएक अग्रता लिएका हुन् ।

उप मेयरमा भने काँग्रेसका उम्मेदवार सुशिला चन्द निर्वाचित भएका छन् । चन्दले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका माया पन्तलाई ९३९ मतको अन्तरले हराउदै उपमेयरमा विजयी भएकी हुन् । चन्दले १२ हजार ७७५ र पन्तले ११ हजार ८३६ मत ल्याएका थिए ।
भीमदत्तका १० वडा एमाले, ७ काँग्रेस र २ वडा माओवादी केन्द्रले जितेको

छ । एमालेले ६, ८, ९, १०, १४, १५, १६, १७, १८ र १९, काँग्रेसले १, ३, ४, ५, ११, १२, १३ र माओवादी केन्द्रले २ र ७ नम्बर जितेको छ । जिल्लाको पहिलो नगरपालिका रहेको भीमदत्त राजनीतिक, आर्थिक र साँस्कृतिक रुपमा सामरिक महत्व राख्दछ । भीमदत्तमा कुल ५६ हजार १७४ मतदाता मध्ये ३७ हजार ३७० मत खसेका थिए ।

तपाईको प्रतिक्रिया