
धनगढी, असार २४ गते । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिकामा कांग्रेसले जित हात पारेको छ । थरुहट क्षोत्रकोरुपमा रहेको कैलालीको धनगढीमा कांग्रेस र कञ्चनपुरको भिमदत्तनगरमा एमालेले बाजी मारेको छ ।
धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शनिबार विहान घोषित मत परिणामअनुसार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड १४३२४ मत ल्याएर विजयी हुनुभयो।
मकै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका हमालले मतगणनाको मध्यतिर कांग्रेस उम्मेदवारलाई पछि पारेपनि अन्तिमसम्म आफ्नो अग्रता जोगाउन सक्नुभएन ।
उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११५२७ मत ल्याउनुभयो । मकै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका हमालले मतगणनाको मध्यतिर कांग्रेस उम्मेदवारलाई पछि पारेपनि अन्तिमसम्म आफ्नो अग्रता जोगाउन सक्नुभएन ।
अन्तमा कांग्रेस उम्मेदवार वडले २८०७ मतले पछि पार्दै नगर प्रमुखमा निर्वाचित हुनुभयो । प्रमुख पदमा नै उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका रामसमझ रानाथारुले १०२०९ मत ल्याउनुभयो भने एमालेका दुर्गाप्रसाद जोशीले ९९४६ मत पाउनुभयो ।
उपप्रमुखमा नेपाली कांग्रेसकै सुशीला मिश्र भट्ट निर्वाचित हुनुभएको छ । उहाँले १७४०८ मत पाउनुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२७६३ र नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १०२५२ मत प्राप्त गर्नुभयो ।




