कानून व्यवसायी सभा नवलपरासी गठन


कुलदिप चौधरी

नवलपरासी, असार २६ गते । नवलपरासीका थारुहरुले थारु कल्याणकारीणि सभाको निर्णयअनुसार थारु कानुनि व्यवसायी सभाको तदर्थ समिति गठन गरेका छन् ।

थारु कल्याणकारीणि सभाको भातृ सगठनकोरुपमा रहेको थारु कानुनि व्यवसायी सभाको गठन पुर्व शिक्षा राज्यमन्त्रि अधिवक्ता समेत रहनु भएको गोविन्द चौधरीको समुपस्थितिमा जिल्ला कार्य समिति नवलपरासी गठन भएको हो ।

थारु कल्याणकारीणि सभाको केन्द्रिय सल्लाहकार तथा थारु कानुनि व्यवसायी सभाको केन्द्रिय अध्यक्ष रामराज चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा चौधरीले बोल्दै आदिवासिहरुलाई संविधानले अधिकार खोसि दिएपनि स्थानिय तहको निर्वाचनमा विजय हासिल गरेका थारु जनप्रतिनिधिहरुले  थारुको ग्रामथान, पोखरी, मठमन्दिर थारु परम्परा झल्किने सामग्रिहरुलाई पहिलो प्राथमिकता राखी काम गर्न आग्रह गर्नुभयो ।

कानुन व्यवसायी अधिवक्ता जगदिस चौधरी, रमेशप्रसाद चौधरी, पदमलाल चौधरी, देवराज चौधरी, त्यसैगरी थाकसका केन्द्रिय पार्सद चेतनारायण चौधरी समाजसेवि ओमप्रकास चौधरी, अनिलदत पँजियार र राममुरत चौधरीले आफना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया