
काठमाडौं, असार २६ गते । निर्वाचन आयोगले प्रदेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । त्यसकालागि साउन १ देखि १५ गतेसम्मको समय आयोगले निर्धारण गरेको छ ।
नाम लेखाउन भने नागरिकता भएको सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने सोमबार निर्णय गरेको हो ।
यो आगामी प्रदेश र संसदको निर्वाचनका लागि भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । नागरिकता लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जान आयोगले भनेको छ । साथै बसाई सरेको भए त्यसको प्रमाण लिएर निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ ।
आगामी प्रदेश र संसदको निर्वाचनका लागि भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । नागरिकता लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जान आयोगले भनेको छ ।
तर, पहिलाजस्तो आफू बस्दै आएको ठाउँबाट आफ्नो जिल्लामा नाम दर्ता गराउन मिल्ने छैन । यसले काठमाडौंमा बस्दैआएका तर, मतदाता नामावलीमा नाम नभएकाहरुलाई असर गर्नेछ । उनीहरु सम्वन्धित जिल्लामै जानुपर्नेछ ।
विगतमा आफू बस्दैआएको जिल्लाको निर्वाचन कार्यालयबाटै सम्वन्धित जिल्लामा फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न सकिने व्यवस्था थियो ।
निर्वाचन आयोगकाअनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि सकिनेछ । सम्पन्न स्थानीय तहको निर्वाचनमा गत फागुन ९ गतेसम्म नाम अध्यावधिक भएका १ करोड ४० लाख मतदाता थिए ।




