
कुलदीप चौधरी
सुनसरी, साउन ३ गते । सुनसरिको झुम्कास्थित थारु महिला उत्थान समाजले एक समारोहका वीच स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित नव निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
करिब २० औं बर्षपछि जनताले पाएको जनप्रतिनिधिहरुलाई उत्थान समाजले कार्यकालको सफलताको शुभकामना व्यक्तगर्दै सम्मान कार्यक्रम गरेको हो ।
रामधुनी नगरपालिकाको कृषि तालिम केन्द्रमा सम्पन्न कार्यक्रममा थारु महिला उत्थान समाजकि अध्यक्ष सीता चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रामधुनी नगरपालिकाको मेयर (प्रमुख) जयप्रकास चौधरीको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख चौधरीले थारु समुदायमा कहव छै जक्ने मुरमे पगरी बानहल जै छै तकने जिम्मेवारी बैर जाइचै । थारू महिला समाज आइ हम्रा मुरमे पगरी बाहिन के जेना सम्मान कर्ने छै, त्यसरी नै म पनि ५ बर्षभित्र रामधुनीलार्इ नमुना नगरपालिका बनाउने छु भन्नुभयो । सम्मानले काम गर्ने हौसला थपेको उहाँको भनाई छ ।

यसैगरी उपमेयर सबिना चौधरीले कार्यक्रममा बोल्दै जनताले जसरी मलाई बिश्वास गरेर निर्वाचित गर्नुभयो त्यसरी नै जनताको भावनाअनुरुप काम गर्ने प्रतिवद्धता जनाउनुभयो । महिला हिंसा अन्याय अत्याचार विरुद्ध लाग्ने उहाँको प्रतिवद्धता छ ।
थारु कानुनी व्यावसायी सभाका केन्द्रीय अध्यक्ष रामराज चौधरीले थारु समुदायमा रहेका पौराणिक सामग्रीहरुलाई सबैले जगेर्ना गर्नुपर्ने बताएउनुभयो ।
कार्यक्रममा थारु पत्रकार संघका अध्यक्ष कुलदिप चौधरीले थारु समुदायका भाषा संस्कृति जगेर्ना गर्न सबैको दा यित्व भएको हुदा सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो । रामधुनी नपाको विकासमा पत्रकार संघको तर्फबाट सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न संघ सस्था लगायत वडाका अध्यक्ष, सदस्य समाजसेवी संचार कर्मिहरुको सहभागीता रहेको थियोे ।
नवनिर्वाचित नगरप्रमुखदेखि उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्यगरी कार्यक्रममा ५० जनालाई सम्मानित गरेको समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

कार्यक्रममा तेजनारायण चौधरी, पूर्व गा.वि.स. अध्यक्ष शंकरलाल चौधरी, वडा अध्यक्ष महेश चौधरी र रामनारायण चौधरीले पनि मन्तव्य व्यक्त गर्नुभयो । पदाधिकारहीहरुलाई दोसल्ला, सम्मानपत्र र फूलमाला र गुच्छाले सम्मानित गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।




