नेकपा एमालेले साउन १७ गते बाराको करैयामाईमा चुनावी भेला गर्ने


दुष्यन्त चौधरी
बारा, साउन ६ गते । नेकपा एमालेले बारामा साउन १७ गते करैयामाई गाँउपालिकामा विशाल जनभेला गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला बैठकले त्यस्तो निर्णय गरेका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी एमाले बाराका अध्यक्ष सुन्दर बिकले करैयामाइ गाउँपालिका कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै जिल्लालाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताउनुभयो । करैयामाई गाउपालिकाका संयोजक दसरथ रामको सभापतित्वमा सम्पन्न कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै एमाले बाराका प्रचार बिभाग प्रमुख पौडेलले सरकारले स्थानिय तहको अधिकार कटौती गर्न लागेको आरोप लगाउनुभयो । सरकारमा रहेकाहरुले स्थानिय तहको अधिकार कटौती गर्न कसरत गर्ने गरेकाले आफूहरुले नमान्ने उहाँले बताउनुभयो ।

प्रदेश नम्बर दुईमा हुने निर्वाचनमा नेकपा एमाले पार्टी नै पहिलो हुने दावी एमालेको छ । एमालेले जनताको पक्षमा राम्रो काम गरेकोले अब हुने निर्बाचनमा पनि एमाले नै पहिलो पार्टी हुने प्रस्ट पारेको छ ।

कार्यक्रममा बोल्दै एमाले बाराका प्रचार बिभाग प्रमुख पौडेलले सरकारले स्थानिय तहको अधिकार कटौती गर्न लागेको आरोप लगाउनुभयो । सरकारमा रहेकाहरुले स्थानिय तहको अधिकार कटौती गर्न कसरत गर्ने गरेकाले आफूहरुले नमान्ने उहाँले बताउनुभयो । संविधानमा उल्लेख भएका अधिकार कटौती गरेर केन्द्रमा राख्न लागेकाले एमाले पार्टीले कदापि नमान्ने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य कमला चौधरी, जिल्ला सचिवालय सदस्य बिजेन्द्र चौधरी, बिक्रम ठाकुर, जिल्ला सदस्य धनिराम चौधरी, ध्रुब यादव, जिल्ला सल्लाहकार सदस्य मखन पासवान, भुलन चौधरी, रामनाथ चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन दिनेस चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया