तेस्रो चरणको निर्वाचनअघि संविधान संशोधन सम्भव छैनः गच्छदार


विराटनगर, साउन ६ गते । उपप्रधानमन्त्री एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले तेस्रोे चरणको चुनाव अघि संविधान संसशोधन सम्भव नभएको बताउनुभएको छ ।

तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) सहभागी हुने वातावरण सरकारले बनाइरहेको भन्दै उहाँले राजपाले राखेको संविधान संशोधनको अडान भने चुनावअघि असम्भव भएको तर्क गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो, दुई नम्वर प्रदेशको जनताको चुनावप्रतिको चहानालाई बुझी राजपा पनि चुनावमा आउनु पर्छ ।’

‘राजपाले उठाएको संविधान संसोधनको माग बाहेका अन्य माग पूरागर्न सरकार तयार छ ।,’ विराटनगर विमानस्थल शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो, दुई नम्वर प्रदेशको जनताको चुनावप्रतिको चहानालाई बुझी राजपा पनि चुनावमा आउनु पर्छ ।’

संविधान संसोधन चुनावपछि गर्न सकिने भन्दै गच्छदारले यदि रापजा चुनावमा नआए पनि कुनै पनि हालतमा अब प्रदेश नं. २ मा हुने स्थानीय तहको चुनाव नरोकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया