
काठमाडौँ, साउन ९ गते। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अस्वस्थ भई सोमबार अस्तालमा भर्ना हुनुभएको छ ।
मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
“उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भन्नुभयो – “आज बिहान ८ः३० बजेतिर एक्कासि बान्ता गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो ।”
श्रेष्ठकाअनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको भएपनि चिकित्सकको सल्लाहअनुसार अस्पतालमै राखिएको छ ।




