एक मधेस एक प्रदेशको मुद्दा पुनः व्यूँताउने तयारीमा मधेसी नेताहरु


काठमाडौं, साउन ११ गते । संविधानले अस्वीकार गरेको ‘एक मधेस एक प्रदेश’ को एजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः एक कमिटीलाई सक्रिय बनाउन थालिएको छ।

समग्र मधेस एक प्रदेशको एजेन्डामा सहमत हुने राजनीति दलबीचको अन्तरपार्टी सञ्जालकारुपमा ‘मधेस भ्वाइस एसेम्बली’ गठन गरेर सो मुद्दालाई पुनः बहस र छलफलमा ल्याउने प्रयत्न गरिएको हो । त्यसका लागि ५ सदस्सीय कमिटी पनि गठन गरिएको छ।

जनता अझै पनि समग्र मधेस एक प्रदेशका पक्षमा रहेकाले हामीले त्यो अजेन्डा बोक्न लागेका हौं’ समितिमा रहेका नेताहरुको भनाई छ । सो कमिटीमा मातृका, राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका नेता विकास तिवारी, संघीय समाजवादी नेपाल, फोरमका नेता रिजवान अन्सारी र डा. रामकेवल साह छन् ।

‘समग्र मधेस एक प्रदेश’ लागि जनमत जुटाउन मातृकाको नेतृत्वमा कार्यक्रम गरिएपछि माओवादी केन्द्रभित्र भने विवाद उत्पन्न भएको   छ । सो कार्यक्रमप्रति माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमा नै आपत्ति जनाएका छन् ।

‘समग्र मधेस एक प्रदेशको एजेन्डालाई पुनः बहसमा ल्याउन सो एसेम्बली गठन गरिएको हो,’ सदस्य तिवारीले भने, ‘त्यसले समग्र मधेस एक प्रदेशको पक्षमा जनमत बढाउन छलफल र अन्तरक्रिया गर्नेछ ।’ उनकाअनुसार त्यस्ता छलफल र अन्तरक्रिया पुनः जिल्लाजिल्लामा गरिने छन् ।

सो एसेम्बली गठन गर्नुअघि मातृकाको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा र संयुक्त राष्ट्रिय मधेसी आन्दोलन समितिको नामबाट साउन ८ गते काठमाडौंमा एक कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त कार्यक्रमको आयोजक दुवै माओवादी भ्रातृ र शुभेच्छुक संगठन हुन् ।

‘समग्र मधेस एक प्रदेश’ लागि जनमत जुटाउन मातृकाको नेतृत्वमा कार्यक्रम गरिएपछि माओवादी केन्द्रभित्र भने विवाद उत्पन्न भएको   छ । सो कार्यक्रमप्रति माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमा नै आपत्ति जनाएका छन् ।

तर, यादवले भने अध्यक्ष पुष्पकमल दाहालको सहमति र समर्थनमा उक्त कार्यक्रम तराई÷मधेसका जिल्लामा गर्न लागेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया