देउवा नेतृत्वको मन्त्रीमण्डलमा दहित र थारु दुईजना भए मन्त्री


काठमाडौं, साउन ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा दुईजना थारु मन्त्री बनेका छन् ।

नेपाल लोकतान्त्रिक फोरमबाट डा. गोपाल दहित र माओवादी केन्द्रबाट सन्तकुमार थारु मन्त्री बन्नुभएको छ । दहित भूमिसुधार तथा व्यवस्था मन्त्री र थारु पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा दहित १० दिनकालागि भूमिसुधार मन्त्रालय सम्हाल्नुभएकाले पुनः सो अवसर पार्टीले उहाँलाई दिएको छ । उहाँले १० दिनमा मुक्त कमैया पुनस्र्थापनामा राम्रो काम गरेको दावी गर्नुभएको थियो ।

पूवर्् माओवादी लडाकुसमेत रहनुभएका थारुको भने मन्त्रालयको जिम्मेवारी नयाँ हो । यसअघि प्रचण्ड नेतृत्वको सरकारमै उहाँलाई कृषि मन्त्रालय दिने चर्चा चलेको थियो । तर थारु एउटा मुद्दामा अल्झिएकाले मन्त्रालयको जिम्मेवारी पाउनुभएको थिएन । सो बेला गौरीशंकर चौधरीले अवसर पाउनुभएको थियो ।

अहिले मन्त्री हुनुभएका दहित र थारु दुवैजना वर्दिया जिल्लाका हुनुहु्रन्छ । थारु प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने दहित समानुपातिक सांसद हुनुहुन्छ । दुवैलाई बधाई र कार्यसफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया