पूर्व सभामुख नेम्वाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज


काठमाडौं, साउन १२ गते । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको स्वास्थ्यअवस्थामा सुधार भएपछि उहाँ विहिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

पूर्व सभामुख नेम्वाङ सुगर र प्रेसरका समस्याका कारण सोमबार काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । नेम्वाङ्को स्वास्थ्यमा सुधार भएपछि उहाँलाई घर लगिएको उहाँको स्वकीय बुद्धि खनालले बताउनुभयो ।

अस्पतालका डा. आर.डी. जोशी र डा. विभु प्रधानको समूहले उपचार गरेको थियो । उपचारमा सहयोग गर्ने सबैलाई पूर्व सभामुख नेम्वाङ्ले धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया