कृषि विकासका लागि नयाँ योजना र कार्यक्रम ल्याउँदैछुः मन्त्री यादव


काठमाडौं, साउन १६ गते । कृषिमन्त्री रामकृष्ण यादवले अवको केही दिनमै कृषिसम्बन्धी नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।

मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखीबनाउन योजना तयार भइरहेको जानकारी दिनुभयो । ‘कृषिक्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, भन्दै मन्त्री यादवले छिट्टै अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नीति तथा योजनाहरु सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो ।

तराई मद्देशको विभिन्न जिल्लामा ५० प्रतिशत मात्रै खेती भएकोले अब यसलाई बढाउन सिँचाई लगायत अन्य कुराहरुमा समेत विशेष ध्यानदिने बताउनुभयो । आफ्नो कार्यकालमा किसानहरुले परिवर्तनको अनुभुति पाउने विश्वास उहाँले गर्नुभयो ।

नेपाल कृषिप्रधान देश भएकोले कृषिको व्यवस्थापन गर्नु ठूलो दायित्वभएको बताउनुभयो । ‘म पनिकिसानको छोरा हुँ, किसानका समस्याहरु राम्रोसँग थाहा छ’ किसानलाई नियमित मल खाद्य उपलब्ध गराउने बताउनुभयो ।

मन्त्री यादवले किसानलाई तत्काल राहत पुग्नेगरी आफूले कार्यक्रम ल्याउने स्पष्ट पार्नुभयो । तराई मद्देशको विभिन्न जिल्लामा ५० प्रतिशत मात्रै खेती भएकोले अब यसलाई बढाउन सिँचाई लगायत अन्य कुराहरुमा समेत विशेष ध्यानदिने बताउनुभयो । आफ्नो कार्यकालमा किसानहरुले परिवर्तनको अनुभुति पाउने विश्वास उहाँले गर्नुभयो ।

एक फरक प्रसँगमा मन्त्री यादवले संविधान संशोधनको लागि पार्टीले हरप्रयास गरिरहेको बताउनुभयो । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणको निर्वाचनमा पनि राजपाले सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया