
धनबहादुर पुरी
इटहरी, साउन १८ गते । इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरी अहिले ऐलानी जग्गा हडपेर बनाइएका घर संरचना भत्काउने चेतावनी दिनुभएको छ । जग्गा माफियाहरुको जगजगी भएको भन्दै मेयर चौधरीले ऐलानी जग्गामा बनेका भौतिक संरचना भत्काउन निर्देशन दिनुभएको छ ।
इटहरी उपमहानगरपालिकामा १ हजार बिघाभन्दा बढी सरकारी ऐलानी जग्गा रहेको बताइन्छ । मेयर चौधरीले आफ्नो निर्देशन नमान्नेलाई नगर प्रहरी लगाएर धपाउने चेतावनी दिनुभयो ।
मेयर चौधरीले डिभिएम ग्लोबल एकेडमी स्कुल र इटहरी ४ मा रहेको रोयल रिसोर्टले सरकारी जग्गा मिचेर संरचना बनाएको भन्दै संरचना भत्काउन र कागज बोकेर नगर कार्यालयमा आउन निर्देशन दिएका छन् ।
‘अहिले मौखिक निर्देशनमात्र दिएको छु, अटेर गरे लिखितरुपमा कारबाही अघि बढाउँछु’ मेयर चौधरीले थप्नुभयो, ‘संरचना भत्काउन अटेर गरे उपमहानगर आफैंले भत्काउँछ र खर्च उसलाई तिराउँछ ।’
ऐलानी जग्गा मिचेर संरचना बनाएपछि प्रत्येक वर्ष बाढीको पानी इटहरी बजार पस्ने गरेको छ । ‘अहिले मौखिक निर्देशनमात्र दिएको छु, अटेर गरे लिखितरुपमा कारबाही अघि बढाउँछु’ मेयर चौधरीले थप्नुभयो, ‘संरचना भत्काउन अटेर गरे उपमहानगर आफैंले भत्काउँछ र खर्च उसलाई तिराउँछ ।’
पछिल्लो समयमा पूर्वको हब बन्दै गएको इटहरीमा ऐलानी जग्गामा समेट प्लटिङ गरी बिक्री गरिएको गुनासोहरु आउने गरेका छन् । मेयर (प्रमुख) चौधरीले जथाभावी जग्गा प्लटिङ गर्नेलाई पनि कारबाही गर्ने बताउनुभयो । ‘जथाभावी जग्गा प्लटिङ गरेकाले इटहरी वर्षेनी ढुब्ने गरेको छ, अव ऐलानी जग्गामा रजाईं गर्नेहरुको दिन गयो’ उहाँले भन्नुभयो ।
इटहरी स्थित नेपाल डिभएम ग्लोबल एकेडमी (नेपाल दयानन्द वैदिक मिसन) ले ऐलानी जग्गा मिचेको भन्दै कागजातसहित उपमहानगरपालिका झिकाएको छ । भारतको दयानन्द वैदिक मिसन च्यारिटेवल ट्रष्टसँग समन्वय लिएर स्थापना गरिएको बिद्यालयले ५० कठ्ठा भन्दा बढी एलानी जग्गा मिचेको उपमहानगरको दावी छ ।




