थारु अधिकारकानिम्ति थारुबीच एकता अनिवार्यः थारु अगुवाहरु


कुलदिप चौधरी
सुनसरी, साउन २३ गते । थारु समुदायको हकअधिकारका निम्ति थारुबीचको एकता र सहकार्य अनिवार्य रहेको थारु अगुवाहरुले धारणा राखेका छन् ।

थारु महिला सभा सुनसरीको कार्यक्रममा बोल्दै उहाँहरुले त्यस्तो धारणा राख्नुभयो । सो अवसरमा सभाले शाखा विस्तार गर्न रामधुनि नगरपालिकाका विभन्नि स्थानमा नगर समिति गठन गरेको छ । थारु भाषा संस्कुति आपन पहिचान संरक्षन सम्बद्र्धन गर्नकानिम्ति सभाले आफनो शाखा गठन विस्तार गरेको बताएको छ ।

रामधुनि नगरपालिकाको वडा न ९ मर्चियास्थित चन्द्रकमल माविको भेलाले सुस्मिता चौधरीको अध्यक्षतामा ११ सदस्यीय रहने गरी समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष कविता चौधरी, सचिव कल्पना चौधरी, सहसचिव जमुना चौधरी, कोषाध्यक्ष रामकुमारी चौधरी भएका छन् ।

थारु भाषा संस्कुति आपन पहिचान संरक्षन सम्बद्र्धन गर्नकानिम्ति सभाले आफनो शाखा गठन विस्तार गरेको बताएको   छ ।

त्यस्तै, सदस्यहरुमा कौशिला, गया, सुमित्रा, अजिता, गिता र सिमा चौधरी सर्वसहमतिवाट चयन भएको सभाले बताएको छ । सल्लाहकारमा मनोज चौधरी, घनश्याम, नविन, धिरेन्द्र, विष्नु, कारी र सुनिता चौधरी चयन भएका छन् ।

कार्यक्रममा प्रमुख शुसिला चौधरीले अधिकांश महिला दिदिवहिनिहरु अन्याय, अत्याचार, शोषण र घरेलु हिंसामा पर्नेहुँदा चुलाचौका, घासदौरावाट समय निकालेर हाम्रो महिला साक्षरता अभियानमा सामेल हुन आग्रह गर्नुभयो ।

थारु कानुन व्यवसायी सभाका अध्यक्ष रामराज चौधरीले थारुहरुको हक अधिकारका शुनिश्चत् गर्नकानिम्ति एकजुट हुन जरुरी रहेको वताउनुभयो । यसैगरी आदिवासि जनजातिका नगरअध्यक्ष राजकुमार चौधरीले नगरपालिकामा आएका छुटै आदिवासिका वजेट आदिवासिकै हकहितका लागि भएको हुँदा आफूले सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा फोनिजका अध्यक्ष धिरेन्द्र चौधरी, थाकसका जिल्ला सचिव मनोज चौधरी, रामधुनिकन स्टेसन मेनेजर नविन चौधरी, थापसका अध्यक्ष कुलदिप चौधरी, नगरअध्यक्ष लिलि चौधरी र जानकि चौधरी आदि वक्ताहरुले आफ्ना धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया