
मानबहादुर चौधरी
वर्दिया, साउन २५ गते । थारु समुदायको प्रगति र समृद्धिका लागि समग्र पक्षको विषयमा समिक्षा गरी अगाडि बढ्न जरुरी रहेको तर्क थारु अगुवाहरुले गर्नुभएको छ ।
२३ औं विश्व आदिवासी दिवशको अवसरमा बुधबार यहाँ आयोजित छलफल कार्यक्रममा उहाँहरुले त्यस्तो तर्क गर्नुभयो । साथै आदिवासीकोरुपमा चिनिने थारुहरु समयअनुसार अघि गइरहेको छौ की पछि गइरहेका छौं भन्ने बारेमा समिक्षा गर्नु पर्नेमा जोड दिनुभयो ।
साथै, थारु बुद्धीजीवीहरुले विश्वको आर्थिक र राजनीतिक अवस्था कता जाँदै छ, थारु समुदायको पहिचानको सवालमा के संरक्षण गर्ने ? के चिज बचाउने ? के चिजको अवलम्वन गर्ने ? समयअनुसार प्रस्ट हुन आवश्यक रहेको उहाँहरुको भर्नाइ छ ।
सो अवसरमा बोल्दै आयोजक कर्मशील नेपालका अध्यक्ष तथा थारु बुद्धीजीवी शुसिल चोधरीले बर्तमान अवस्थामा समग्र आदिवासी जनजातिको अधिकार, त्यसभित्र पनि थारु समुदायले के कति कारणले अधिकार पाउनबाट बन्चित हुनुपरेको छ । कुन पक्ष बलियो छ भन्ने बारेमा संवाद गरी अगाडी बढ्ने बाटो तय गर्न कार्यक्रम गरेको बताउनुभयो ।
थारु बुद्धीजीवीहरुले विश्वको आर्थिक र राजनीतिक अवस्था कता जाँदै छ, थारु समुदायको पहिचानको सवालमा के संरक्षण गर्ने ? के चिज बचाउने ? के चिजको अवलम्वन गर्ने ? समयअनुसार प्रस्ट हुन आवश्यक रहेको उहाँहरुको भर्नाइ छ ।
कार्यक्रममा सहभागिहरुले संविधानमा थारुकोबारेमा उल्लेख भएको त्यसलाई प्रयोग गरी स्थानिय तहको निर्वाचनमा थारु लगायत पछिपारिएको समुदायलाई समावेशी गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी सबै राजनीतिक पार्टीमा वा राजनीतिकरुपमा पहुँच गराउन सकेमात्र अधिकार स्थापित गर्न सकिने । मानविय विकासलाई जोड दिन पर्ने । थारु आयोग भएपनि ऐनद्वारा ब्यवस्थित गर्न वकालत गर्दै थारुहरुको पहिचान र हित कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ योजना बनाएर लाग्नु पर्नेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा केही सहभागिहरुले विश्व परिवेशमा भइरहेको सामाजिक परिवर्तनलाई पनि ध्यान दिदै आदिवासी र थारु जातिले पहिचान संरक्षण र विकास गर्नेतर्फ अगाडि वढ्नुपर्ने बाध्यता अगाडि आएको बताएका छन् । साथै कुनै पनि दिवस र चुनावमा मात्र अधिकारको कुरा नउठाई निरन्तर अभियानकोरुपमा वकालत गर्न पर्नेमा पनि जोड दिए ।
बर्दिया जिल्लामा थारु समुदायबाट ५२ प्रतिशत थारुहरुको रहेको छन् । भर्खरै भएको स्थानिय चुनावमा प्रमुख उपप्रमुखसहित आठजना सहित अन्य पद गरी ८० प्रतिशत जनप्रतिनिधी निर्वाचित भएको र यसले थारु समुदायको समग्र बिकासकालागि नयाँ नीति, नियम, योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्ने आशा ब्यक्त गरेका छन् ।
साथै, सो अवसरमा बोल्दै सहभागिहरुले राजनीतिक पार्टीहरुले आदिवासी जनजाती, थारुलगायत पछिपारिएका जाति समुदायको आर्थिक समाजिक, सांस्कृतिक सवाल उठाइरहेको तर राजनीतिकरुपमा स्थापित गराउने कुरा अभ्यासमा आउन नसकेको भन्दै गुनासो गरे ।
कार्यक्रममा अधिवक्ता सन्तराम धारकटुवा, अधिवक्ता काशीराम थारु, अधिवक्ता छविलाल थारु अधिबक्ता राजकुमार थारु, लगायत थारु बुद्धीजीवी अगुवाहरुको सहभागिता रहेको थियो ।




