थारु संस्कृति र परम्परा जगेर्नामा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ


भगतराम थारु
नेपालगन्ज, साउन २८ गते । थारु पत्रकार संघ नेपाल बाँकेले नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनीधिलाई बधाई कार्यक्रम गरेको छ । तिजको अवसरमा दरखाने कार्यक्रम गरेजस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अटवारी पर्वको अवसरमा संघले भिन्सरिया कार्यक्रमको आयोजना गरेको हो ।

संघ बांकेको आयोजनामा थारु समुदायको महान पर्ब श्री कृष्णा जन्माष्टमी र अट्वारी पर्बको अवसरमा शुक्रवार नेपालगंजमा भिन्सरीया अर्थात दरखाने कार्यक्रमका सहभागिहरुरुले सवै मिलेर संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका थिए । भिन्सरिया कार्यक्रमको प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले थारु समुदायको परम्पराअनुसार दारु (छाँकी) चढाएर उद्घाटन गर्नुभएको थियो ।

भिन्सरिया कार्यक्रममा थारुले राजनीतिभन्दा मिडिया धेरै भन्दा धेरै ठूलो रहेको बताउनुभयो । जुन ठाउँमा राजनीति पुग्न सकेको छैन त्यस ठाउँमा मिडिया पुगेको उपप्रमुख चौधरीले बताउनुभयो । कलमको माध्यमले थारु समुदायको रीतिरिवाज, धर्मसंस्कृति, भेषभुषा तथा चालचलनलाई समेत जगेर्ना गर्न थारु पत्रकारहरुको ठुलो भूमिका रहेको उपप्रमुख चौधरीले बताउनुभयो ।

थारु समुदायको मुद्दा पहिचानका लागि थारु पत्रकारको भूमिका महत्वपूर्ण रहेकोले स्थानिय तहमा भईरहेका हरेक गतिबिधीलाई समाचारकोरुपमा बाहिर ल्याईदिन समेत उपप्रमुख चौधरीले आग्रह गर्नुभयो । बाँकेको दुर्गम क्षेत्रकोरुपमा रहेको राप्ती सोनारी गाउँपालिकामा मिडियाको पहुँचमा अझै कमि रहेको प्रति राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले चिन्ता व्यक्त गर्नुभएको छ ।

हरेक तह र तप्कामा मिडिया पुगे पनि राप्ती सोनारीमा मिडियाको नजर कमै मात्रामा पुग्ने गरेको उहाँले बताउनुभयो । जातिय नभई एक आपसमा सम्बन्ध गासेर अगाडी बढेमात्र देशको विकास हुने प्रमुख लाहुरामले बताउनुभयो । राप्ती सोनारीको समग्र विकासका लागि मिडियाप्रति आफुले गर्नसक्ने सहयोग प्रदान गर्ने प्रमुख थारुले बताउनुभयो ।

कार्याक्रममा कृष्ण जन्माष्टमीमा थारुहरुले पूजा गर्ने तरिकाबारे थारु युवतीहरुले आफ्नै भेषभूषामा सजिएर बिधिवत रुपमा पूजा गरेका थिए ।

प्रमुख थारुले एक अर्काको संस्कृतीलाई सम्मान गर्न सकेमात्र समाजको बिकास हुने बताउनुभयो । हरेक वर्षझै यसवर्ष पनि संघले भिनसरिया कार्यक्रमको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा गरिएको कार्यक्रममा स्थानिय तहमा निर्वाचित थारु जनप्रतिनिधीहरुलाई टीका र दोसल्ला लगाएर बधाई ज्ञापन गरिएको संघका सचिव भगतराम थारुले जानकारी दिनुभयो ।

साथै कार्याक्रममा कृष्ण जन्माष्टमीमा थारुहरुले पूजा गर्ने तरिकाबारे थारु युवतीहरुले आफ्नै भेषभूषामा सजिएर बिधिवत रुपमा पूजा गरेका थिए । संघका अध्यक्ष बिमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु समुदायका जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको   थियो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक पार्टिका केन्द्रिय सदस्य पुर्णबहादुर चौधरी, बांकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, राप्तिसोनारी गाउंपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनकबहादुर चौधरी, वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, कोहलपुर नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष पतिराम थारु, नेपाल पत्रकार महासंघ बांके शाखा अध्यक्ष ठाकुरसिंह थारु लगायतले शुभकामना दिदै संस्कृति संरक्षणमा सबैको महत्वुर्ण भुमिका हुनेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया