नवलपरासीको दाउन्नेमा महेन्द्र राजमार्ग भासियो, यात्रुहरु अलपत्र


नवलपरासी, साउन २८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा ठाउँ ठाउँमा सडक भत्केपछि यातायात अवरुद्ध भएको छ।

शुक्रबार बिहानदेखि लागतार परिरहेको भारी वर्षाकाकारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडक भत्केपछि यातायात ठप्प भएको सुरक्षाकर्मीले बताएको छ ।

शुक्रबार राति ११ बजेदेखि दर्जनौं स्थानमा गएको पहिरोकाकारण महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिडेका हजारौं यात्रु दाउन्नेमा अलपत्र परेका छन् ।

सडक भासिएका कारण त्यस खण्डको यात्रामा जोखिम बढेको जनाउँदै प्रहरीले गाडि रोकेको छ । शुक्रबार राति ११ बजेदेखि दर्जनौं स्थानमा गएको पहिरोकाकारण महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिडेका हजारौं यात्रु दाउन्नेमा अलपत्र परेका छन् ।

झरीले पहिरो हटाउन नपाउदै बर्दघाट तर्फको सडकखण्डको ठाउठाउमा सडक भासिएको छ । सडक मुनिको भाग पहिरोले खसेका कारण पक्कि सडक पनि भासिएको बताइएको छ । महेन्द्रराजमार्गको दाउन्ने खण्डका ४ स्थानमा १५ देखि, २५ मिटरसम्म सड्क खसेको प्रहरीले जानकारी दिएको छ ।

पुर्वपश्चिम महेन्द्रराजमार्गको उक्त खण्डमा सडक भासिएपछि प्रहरीले त्यसखण्डमा गाडि नचलाउन अनुरोध गर्दै आवागमन रोकेको छ । जिल्ला प्रहरीले सडक भासिएको स्थानमा यात्रा गर्न बढि जोखिम हुने भएकाकारण गाडि रोकिएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया