
भगतराम थारु
नेपालगञ्ज, साउन २९ गते । शुक्रवारदेखि परिरहेको अविरल बर्षाकाकारण बाँकेका दर्जन बढि गाउँ डुवानमा परेका छन् । डुवानमा परेका नागरिकलाई साँझ विहान खाने समस्या र चिन्ता बढेको छ ।
बाढीका कारण दर्जनौ गाउँ डुवानमा परेपछि बाढि पीडित भोकभोकै बस्न बाध्य भएका छन् । घरमा सुत्ने ठाउँ छैन, लगाउने कपडा छैन मन छटपटि रहेको छ राप्ती सोनारी वडा नं. ६ का जयन्ती बस्नेतले भन्नुभयो । जयन्ती बस्नेत शुक्रवार राती सुतिरहेका थिए । सुतिरहेको अवस्थामै खाट हल्लीन थाल्यो र एक किसिमको डर समेत पैदाभयो जयन्तीले भन्नुहुन्छ । खाट हल्लाएपछि भुइचालो हो कि भन्ने लाग्यो के रै छ भनेर उठेर हेर्दा त घरभरि पानी नै पानी जम्मा भैसकेको थियो ।
एक्कासी पानी जम्मा भएको देखेर अचम्म लाग्यो र होस समेत गूम्यो बस्नेतले भन्नुभयो । सामान उठाउन त के आफ्नो ज्यान जोगाउन समेत धौधौ भयो उहाँले भन्नुभयो । हारगुहार नजिकै रहेकालाई बोलाए कोही आएन् । झन पानी बढदै थियो जयन्तीले भन्नुभयो ।
हारगुहार माग्दा समेत कोही मेरो आवाज सुनेन झन मनमा डर उत्पन्न भयो उहाँले भन्नुभयो । धेरै समयपछि मेरो आवाज स्थानियवासीले सुनेपछि मलाई उद्दारका लागि डोरीले तानेर नजिकै रहेको आफन्तीकोमा पु¥याएको उहाँले बताउनुभयो । घरमा भएको सारा धनसम्पत्ति नदिले लग्यो के खाने के लाउने भएको छ बस्नेतले भन्नुभयो ।
यस्तै राप्ती सोनारी ६ कै तिलकुमारी खत्रीको राप्ती नदिमा आएको बाढिले घर नै बगाएको छ । खत्री सुतेर चर्पी जानेक्रममा ह्वात्तै बाढि पसेको देखेर आफु कराउन थालेको जानकारी गराउनुभयो । आफन्तलाई जानकारी गराउन आफन्तीको घरमा गए घरमा आउदा त घर ढलेको रहेछ उहाँले भन्नुभयो ।

आफन्तलाई जानकारी गराउँदा गराउदै मेरो घर बाढिले लगिसकेको थियो । केही बचाउन सकिएन खत्रीले भन्नुभयो । घरमा भएको सरसामान समेत भगाउन सकेन खाने एकमाना चामाल छैन, लाउने एक सरो कपडा समेत बचेन उहाँले भन्नुभयो ।
आइतवार खत्रीले आफ्नो बगाएको घर नियाल्दै थिए । नियाल्दा केही बाँकी छ कि भनेर खोजतलास गर्दा केही नपाएको उहाँले बताउनुभयो । ०७१ सालमा आफुहरुको घरमा पानी नपसेको जानकारी गराउदै खत्रीले भन्नुभयो, यसबर्षको बाढि २०७१ सालको भन्दा ठुलो आयो ।




